वैदेशिक रोजगारका बिषय स्थानीय तहमा पुग्दै के भन्छन् सरोकारवाला

  •   १ वर्ष अघि | २२ माघ २०७९, आइतवार,     एक्टिभ मिडिया संवाददाता

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लामा रहेका सरोकारवाला निकायबीच वैदेशिक रोजगारीका अवसर र चुनौतीका बारेमा छलफल भएको छ । धुलिखेलस्थित जुगल होटलमा भएको कार्यक्रममा एकाउन्टबिलिटी ल्याबले सहजीकरण गरेको थियो । ल्याबको सिभिक एक्सन टिमका प्रतिनिधी केशवराज पौडेल र रोजन तामाङले सो कार्यक्रममा सहजीकरण गरेका थिए । 

कार्यक्रममा जनप्रतिनिधी,गैरसरकारी संस्थाका प्रतिनिधी र संचारकर्मीसँगै वैदेशिक रोजगारबाट फर्किएका युवाका प्रतिनिधीको सहभागीता रहेको थियो । 

गैसस महासंघ काभ्रेको अध्यक्ष गंगा दोङले बैंकले ऋण दिन समन्वय गर्न आवश्यक रहेको बताइन् । उनले स्थानीय तहले नै यस्ता समस्या समाधान गर्न आवश्यक रहेको र त्यसका लागि गैससले पनि सहयोग गर्ने सुनाइन् । 

धुलिखेल नगरपालिका वडा नं १० का अध्यक्ष गोविन्द  भण्डारीले कुराले मात्रै नहुने बताए । उनले नेपालका अवसर धेरै भएपनि काम गर्न लजाउने परिपाटी रहेको बताए । उनले युवालाई श्रमसँग जोड्न सक्नु नै अहिलेको आवश्यकता रहेको बताए । उनले पछिल्लो समय युवामा लाहुरे मानसिकता बढेको र विदेशमा जाँदा काम गर्न तयार हुने तर नेपालमा केही पनि नगर्ने परिपाटीको विकास भएको बताए । 

स्थानीय तहले पनि तत्कालै काम नगरि दिने गर्दा जनप्रतिनिधीले समेत हैरानी व्यहोरीरहेको बताउँदै छिटो काम नहुँदा नैराश्यता छाउने बताए । बैंकले सानालाई नहेर्ने सहकारीलाई भगुवा रोगले सताएको बताउँदै तल्लो तहका जनताले वास्तविक रुपमा विकासको अनुभुती गर्न नसक्दा वैदेशिक रोजगारीको समस्या भयावह भएको बताए । उनले सानो बजेटले पनि धेरै काम गर्न सकिने बताए । उनले महिलाको आम्दानी बढाउन बत्ति काद्ने तालिम संचालन गर्न लागेको बताए ।

वडा नं ३ का कार्यवाहक अध्यक्ष हिरा तामाङले युवाको बजेट युवाका लागि व्यवस्थापन गर्न भुमिका खेल्न आवश्यक रहेको सुझाए । उनले श्रम र श्रमिकसँग जोड्न स्थानीय तहले नसकेको बताए । बैंकसँग समन्वय हुन नसक्दा समस्या तल्लो तहमा पुगेको बताउँदै सहकारीलाई विकास र समृद्धिसँग जोड्न आवश्यक छ । 

युवा उद्यमी तथा पनौती पर्यटन केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले सोच बदल्न आवश्यक रहेको बताए । आना र रोपनीमा मात्रै नभएर सामुहिक रुपमा खेती गर्न आवश्यक रहेको बताए । सीप सिकेर मात्रै

 विदेश जाने र विदेश गएर आएपछि पर्यटन क्षेत्रमा लगानी गर्न उनले अनुरोध गरे । 

नेपालको कृषि उत्पादनले धेरै दिन नधान्ने भएकाले सरकारले पनि केही अनुदान र सामुहिक खेतीमा सहयोग दिन आवश्यक रहेको बताए । अझै पनि तालिम दिने ठाउँमा यहाँका युवाले चासो नदिने बताउँदै तालिम संचालन गर्न आवश्यक रहेको बताए । 

बनेपा नगरपालिका कार्यपालिका सदस्य कृष्णगोपाल वैद्यले नेपालमा काम गर्न लजाउन नहुने बताए । उनले धेरै पैसा नखोज्न र सानो काम गर्न अनुरोध गरे । 

पनौतीका दीपक थापाले तालिम गरेर मात्रै विदेश गएमा युवालाई समस्या नपर्ने बताए । युवाले विदेशमा सिकेको काम गर्ने तरिका नेपालमा आएर कार्यान्वयन गर्न नसकेको बताए । 

उनले भने, तालिम लिने स्थानीय तहसँग अनुदान लिन प्रस्तावना बनाउने तरिका बुझ्न आवश्यक रहेको छ । 

पुस्कर थापाले सहुलियत कर्जा, तालिम पछि रोजगारी, उत्पादनपछि बजारीकरणको समस्या रहेको बताए । उनले भने कसैले पनि नेपाल आएर सोचेको जस्तो काम गर्न सकिरहेका छैनन् । 

अभियानकर्मी भेषराज दनुवारले स्थानीय सरकारले युवाको कुरामा ध्यान दिन आवश्यक रहेको बताए । उनले सामाजिक उत्तरदायित्व सबै कर्पाेरेट हाउसले गर्न आवश्यक रहेको बताए । 

रिमरेकका अध्यक्ष रमेश गौतमले राज्यको प्रणाली नै कमजोर भएकाले समस्या बढिरहेको बताए । उनले युवालाई सिप र कानुन सिकाउन आवश्यक रहेको सुझाए । 

रिर्टनी नारायण लामाले वैदेशिक रोजगारी सुरक्षित हुन आवश्यक रहेको बताए । जती गरेपनि युवा पलायन नरोकिएको बताए । स्थानीय तहको चासो पनि भने जत्ति छैन । 

श्यामहरि माहजूले रिर्टनीको पुँजी अभावले धेरै काम अघि बढाउन समस्या परेको बताए । पर्यटनबाट समेत अघि बढ्न सकिने बताए । 

युवा उद्यमी मंच काभ्रेका अध्यक्ष सरोजकाजी श्रेष्ठले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । हामीले उपभोग गर्ने बिषय कहाँको हो भनेर बुझेर मात्रै प्रयोग गरेपनि धेरै कुराको फाईदा हुन उनले बताए । 

रिर्टनी फेडेरेशन काभ्रेका अध्यक्ष दिनेश बजगाईले ल्याबको सहयोगमा स्थानीय तहसँग निरन्तर समन्वयको काम भइरहेको बताए । उनले वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि स्थानीय तहले काम पनि गरेको बताए ।

थप