मोटरसाइकल चोरी गर्ने दाजुभाइसहित ३ जना पक्राउ

  •   २ वर्ष अघि | १७ साउन २०७९, मङ्लबार,     एक्टिभ मिडिया संवाददाता

महोत्तरी । महोत्तरीमा श्रृंखलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन् ।


मोटरसाइकल चोरी भएको उजुरीको आधारमा लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय वर्दिवासको टोलीले उक्त समूहलाइ पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा बर्दिबासमा बस्ने एकैघरका दाजुभाइ राम एकवाल यादव र रामलक्ष्मण यादव, भंगाहा नगरपालिका घर भएका सुनिल कुमार राम रहेको प्रहरीले जनाएको छ ।


१५ साउनको राती वडा न।१४ स्थित सेन्चुरी बैंकको अगाडि पार्किङ्ग गरेर राखेको ज ७ प ४५८६ नम्बरको मोटरसाइकल चोरीभएसँगै इलाका प्रहरी कार्यालय गौरिडाँडाको टोली तिव्र खोजतलासमा लागेको थियो ।


अनुसन्धानको क्रममा बर्दिबास-७ बस्ने राम एकवालको घरबाट उक्त नम्बर प्लेटको मोटरसाइकल फेला परेपछि संगठित मोटरसाइकल चोरी गर्नेको रहस्य खुलेको हो ।


राम एकवालको घरवाट अन्य चोरी गरेका मोटरसाइकल समेत फेला परेका छन । ज १२ प ८४८६, प्र-०१-००२-प ५५२९ नम्बरको मोटरसाइकल सहित ४ मोटरसाइकल फेला परेको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।


प्रहरीले अदालतवाट ८ दिनको म्याद थप गरी थप अनुसन्धानलाई अगाडि बढाएको छ । बर्दिबास लगायत जिल्लाका विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकलको बिषयमा समेत रहस्य खुल्न सक्ने प्रहरीको अनुमान रहेको छ।

थप