निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

राष्ट्रिय युवा संघ काभ्रे जिल्ला कमिटीको ११ औं अधिवेशन साउन १७ मा हुने

  •   १ वर्ष अघि | ८ असार २०८२, आइतवार,     एक्टिभ मिडिया

काभ्रे । राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटिको ११ औं अधिवेशन धुलिखेलमा हुने भएको छ।

राष्ट्रिय युवा संघको आठौं पुर्ण बैठकले ११ औ जिल्ला अधिवेशन  धुलिखेलमा आयोजना गर्ने निर्णय गरेको हो। बैठकको अध्यक्षता जिल्ला अध्यक्ष ईश्वर वल्लभ सापकोटाले गरेका हुन् । बैठकमा नेकपा एमाले काभ्रे

जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल प्रमुख अतिथि र ,अतिथिहरु नेकपा एमाले वागमती प्रदेश कमिटी सचिवालय सदस्य कुमार तिमल्सिना, जिल्ला जनसंघठन समन्वय प्रमुख प्रकाश रोक्का, युवा संघका केन्द्रिय सदस्य मिलन लामा, खुसराज लामा लगायतको उपस्थिती थियो । बैठकले अधिवेशन लक्षित जिम्मेवारी पनि बाँडफाड गरेको छ ।काभ्रे जिल्लामा १३ पालिका एंवम १३५ वटा वडाका प्रतिनिधित्व सहित जिल्ला अधिवेशन आयोजना गरिने राष्ट्रिय युवा संघका अध्यक्ष ईश्वर वल्लभ सापकोटाले जानकारी दिनुभयो ।

राष्ट्रिय युवा संघको ११ औं  जिल्ला अधिवेशनमा प्रमुख अतिथि पुर्व मन्त्री तथा काभ्रे क्षेत्र नं २ का माननीय सांसद गोकुल बास्कोटाको उपस्थितिमा साउन १७ गते धुलिखेलमा भव्य रुपमा गरिने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

थप