काभ्रेको भकुण्डेबाट १० जना जुवाडे पक्राउ

  •   २ वर्ष अघि | ५ बैशाख २०७९, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डे स्थित भकुण्डेबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । भकुण्डे स्थित विजय खड्गीको घरमा अवैध रुपमा जुवा तास खेली रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय मंगलटारको संयुक्त टोलीले शनिबार दिउँसो ३ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नं ४ का २५ वर्षीय प्रेम बहादुर बि.क, धुलिखेल नगरपालिका वडा नं ६ का ४० वर्षीय विकाश खड्का, नमोबुद्ध नगरपालिका वडा नं ५ का ४० वर्षीय इन्द्र लाल श्रेष्ठ, नमोबुद्ध नगरपालिका वडा नं ७ का ४५ वर्षीय ङेमा तामाङ, नमोबुद्ध नगरपालिका वडा नं ७ का २९ वर्षीय रोहित खनाल, नमोबुद्ध नगरपालिका वडा नं ७ का २८ वर्षीय सुमन कुईकेल, नमोबुद्ध नगरपालिका वडा नं ३ का ४२ वर्षीय गणेश तिवारी, धुलिखेल नगरपालिका वडा नं ११ का ५५ वर्षीय लक्ष्मण प्रसाद थपलिया, धुलिखेल नगरपालिका वडा नं ६ का ५२ वर्षीय पशुपतिनाथ श्रेष्ठ र नमोबुद्ध नगरपालिका वडा नं ७ का ३७ वर्षीय नारायण खनाला रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले एक लाख १८ हजार रुपैँया र तास नखोलेको ३ बुक र खोलेको २० बुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार उनीहरु उपर ‘मुलुकी फौजदारी संहिता, २०७४’को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

थप