निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

जिल्ला प्रशासन कार्यलय काभ्रेले गर्यो न्यायिक कार्यसम्पादन समन्धि अन्तरक्रिया कार्यक्रम 

  •   ५ वर्ष अघि | १८ फाल्गुन २०७८, बुधबार,    

काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेका १३ बटै स्थानीय तहका न्यायिक समिति संयोजक, सहजकर्ता तथा सदस्यहरू लाई एकै ठाउँमा राखेर एक दिने न्यायिक कार्यसम्पादन समन्धि अन्तरक्रिया गरेको छ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यलय काभ्रेका प्रमुख हुमकला पाण्डे , सहायक सिडिअो अमर दिप सुनुवार , प्रहरी प्रशासन काभ्रे प्रमुख चक्र राज जोशी , जिल्ला  महान्यायाधिवक्ता शम्भु कुमार बस्नेत सहित विभिन्न सरोकारवाला हरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको हो।
 अन्तरक्रिया कार्यक्रममा उपप्रमुख तथा उपाध्यक्ष हरुले आफ्नो स्थानीय निकायमा भएको न्यायिक समस्या, गरेका न्यायिक कार्यसम्पादन , समन्धि अनुभव र चुनौती को बारेमा स्पष्ट पार्ने खोज्नुभएको थियो।
 प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले न्यायिक कार्य सम्पादन सम्बन्धी स्थानीय तह र अर्ध न्यायिक निकायमा भएका समस्याका बारेमा छलफल गरिएको बताउनु भयो ।
प्रहरी प्रमुख चक्रराज जोशीले साना देखि ठुला सम्मका घटना परिघटना प्रहरी सँग जोडिएका हुनाले सबै जसो उजुरी प्रहरीकाे मै आउने बताउनुभयो ।
हामीले उजुरी को प्रकृति हेरेर न्यायिक समितिलाई सहयोग गरेका छौ उहाँले भन्नुभयो ।

थप