काभ्रे :एसपी चक्र राज जोशीको काभ्रे आगमन संगै गलत क्रियाकलाप गर्ने व्यक्ति तथा समुहको निन्द्रा नै पर्ने छोडेको छ।
फरार प्रतिवादी पक्राउ गर्ने , अवैध धन्दा गर्ने लाई कार्वाही संगै एसपी जोशीको सक्रियताले बनेपामा आज ३५ सय घरेलु मदिरा जफत गरि नष्ट गरिएको छ।
इलाका प्रहरी कार्यालय बनेपा काभ्रेले कानुनले निषेध गरेको कार्य गर्ने गराउनेलाई लक्षित गर्दै अगाडी बढ्ने क्रममा अरनिको आसपास र भित्री एरियामा हुने विभिन्न गतिविधिलाई नियालेको छ । सोहि अन्तरगत उक्त आसपासमा सञ्चालन भएको होटलहरुमा गैर कानुनी ढंगबाट मदिरा बिक्रि वितरणलाई रोक लगाउने कार्यको सुरुवात गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाले अवैध घरेलु मदिरा नियन्त्रणका लागि माघ १२ र १३ गते राजमार्ग आसपास भित्री एरियामाका होटल तथा पसलहरुमा चेकजाँच गर्ने क्रममा व्यापारीहरुले अवैध घरेलु मदिरा बेच्नुको साथै आफ्नो छाप्रो पसल नजिक टहरोमा लुकाइ राखेको अवस्थामा मदिरा फेला पारेको थियो । इप्रका बनेपा को टोलीले राजमार्ग आसपास भित्री एरियामाका होटल तथा पसलहरुबाट ३५ सय लिटर बराबरको अवैध घरेलु मदिरा बरामद गरेको कार्यालयका प्रमुख राजन कोइरालाले जानकारी दिए ।
उनका अनुसार प्रहरीले बरामद गरेको उक्त मदिरा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्र राज जोशी, बनेपा नगरपालिका वडा नं ८ र ९ का वडा अध्यक्षहरु, नेपाल पत्रकार महासंघ काभ्रेका कार्यबाहक अध्यक्ष बिनोद न्यौपाने, सचिव कपिल कोइराला, सदस्य देवराज के.सी, सुरज श्रेष्ठ , स्थानीय प्रहरी लगायतको रहोबरमा आज कानुनी प्रक्रिया पूरा गरी सुरक्षित स्थानमा नष्ट गरिएको हो ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
एसपी चक्र राज जोशीको सक्रियता तिव्र : बनेपाबाट जफत ३५ सय लिटर अवैध घरेलु मदिरा नष्ट
- ५ वर्ष अघि | १३ माघ २०७८, बिहिबार,