निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

प्रमुख जिल्ला अधिकारी" हुमकला पाण्डे " काभ्रे प्रहरी प्रमुख "चक्र राज जोशी " बाट निरीक्षण भ्रमण सम्पन्न 

  •   ५ वर्ष अघि | ७ माघ २०७८, शुक्रबार,    

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न मातहतमा रहेका प्रहरी ईकाइहरुको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे  र  काभ्रे जिल्ला प्रहरी प्रमुख  उपरीक्षक चक्रराज जोशी सहित टोलीले काभ्रे जिल्ला  मातहतका ईलाका प्रहरी कार्यालय मंगलटार, प्रहरी चौकी कटुन्जे, भकुण्डे, अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ्ग काभ्रेपलाञ्चोकको स्थलगत निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भयो । 
 उक्त अनुगमन निरीक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्यूबाट मातहत प्रहरी ईकाइ र उक्त ईकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा कोभिड को यस बिषम परिस्थितीमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्ने, आफु बस्ने प्रहरी ईकाइ र प्रहरी कर्मचारीहरुको सरसफाईमा विशेष ध्यान पुर्‍याउने, राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रदान गर्ने, कुनै पनि प्रकारको प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने, अबैधानिक र गैह्र कानुनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुने र संलग्न भएको अवस्थामा त्यस्ता प्रहरी कर्मचारीहरुलाई ऐन र कानूनको अधिनमा रही हदै सम्मको कारवाही हुने भनि निर्देशन सम्बोधन गर्नु भएको थियो ।
 अनुगमन निरीक्षण तथा निर्देशन सम्बोधनको क्रममा मातहत ईकाइमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रमुख  चक्र राज जोशी बाट  निर्दिष्ट निर्देशनको परिपालनामा कटिबद्ध रहने भनि प्रहरी कर्मचारीको तर्फबाट यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी ज्यूबाट प्रतिबद्धता व्यक्त गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्थितीलाई सुदृण गर्न हरेक प्रहरी कर्मचारीहरुलाई आ-आफ्नो स्थानबाट पदिय जिम्मेवारी ईमान्दारी पुर्वक निर्वाह गरी, गैह्र कानूनी क्रियाकलापमा संलग्न भई प्रहरी संगठनको छविमा आँच आउने प्रकृतिको कुनै पनि काम कारवाही भएको पाईएमा त्यस्ता प्रहरी कर्मचारीहरुलाई निर्ममता पुर्वक कारवाही गरिने भनि निर्देशन समेत दिनु भएको थियो ।

थप