निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेशनल प्याब्सनको अधिवेशन कार्तिकमा

  •   ६ वर्ष अघि | ११ चैत्र २०७७, बुधबार,    

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सातौँ महाधिवेशन आगामी कात्तिकमा गर्ने निर्णय गरेको छ । नेसनल प्याब्सनको बाह्रौँ बैठकले महाधिवेशन कात्तिक ११ देखि १३ सम्म गर्ने निर्णय गरेको हो । महाधिवेशन कहाँ गर्ने भन्ने टुंगो लाग्न भने बाँकी रहेको अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए ।

नेसनल प्याब्सनमा आवद्ध विद्यालयले आकस्मिक र भैपरि आउने असहज अवस्थाको व्यवस्थापन गर्न मासिक कुल आयको कम्तीमा ०.५ प्रतिशत रकम जम्मा गरी छुट्टै जगेडा कोषको निर्माण गर्नुपर्ने बैठकले निर्णय गरेको अध्यक्ष सापकोटाले जानकारी दिए । 

बैठक ४ चैतदेखि र ५ गतेसम्म कञ्चनपुरको महेन्द्रनगरमा बसेको थियो । बैठकको निर्णय बुधबार नेसनल प्याब्सनले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

थप