निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

हिमाल ग्यास उद्योगमा ट्याङ्की लिकेज भएर बिस्फोट हुदा तीन जना घाइते

  •   ६ वर्ष अघि | २४ पुस २०७७, शुक्रबार,    

काभ्रे (बनेपा) – जिल्लाको बनेपा नगरपालिका वडा नं १३ भैसिपाटी स्थित गौरीशंकर ग्याँस उद्योग(हिमाल) मा ग्याँस ट्याङ्की बिस्फोट हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार उद्योगमा ग्याँस भण्डारण गर्ने ९८० केजी क्षमताको ट्याक्की लिकेज भएर बिस्फोट हुँदा तीन जना कामदार घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

कम्पनीमा काम गरिरहेको समयमा ग्याँस लिकेजहुँदा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए । उनका अनुसार बिस्फोटमा घाइते भएकामध्ये बनेपा–१३ का ५५ वर्षिय लोकबहादुर खड्काको अवस्था गम्भिर रहेको छ । उनलाई शीर मेमोरियल अस्पताल बनेपामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बर्न अस्पताल किर्तिपुर रिफर गरिएको छ ।

बिस्फोटमा बनेपा–१३ भैसिपाटीका ७० वर्षिया साइला भुजेल र सोही ठेगानाका ४२ वर्षका कुमार भुजेल घाइते भएका छन् । उनीहरुको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको तिमल्सिनाले बताए । बिस्फोट हुनुको कारण बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

 

थप