काभ्रे,बनेपा चुनावको समयमा जनतासामू गरेको प्रतिबद्धता प्रदेश सांसद लक्ष्मण लम्सालले पुरा गरेका छन् । आफूले गरेको प्रतिबद्धता स्वरुप किसानको समस्यालाई मध्यनजर गर्दै जिल्लाको धुलिखेल नगरपालका वडा नं ३ स्थित नयाँबस्ती कोटाभिर पौवाटार सडक बिस्तार गराउन सांसद लम्साल सफल भएका छन् ।
अव्यवस्थित सडकका कारण किसानले उत्पदान गरेको कृषि बजारसम्म पु¥याउन कठिनाई भएको समस्यालाई मध्यनजर गर्दै सडक बिस्तारमा आफूले सहयोग गर्ने प्रतिबद्धता सांसद लम्सालले गरेका थिए । जनताले तरकारी उत्पादनमा जोड दिएर कृषिमा आत्मनिर्भर भएमा आफूले सडक बिस्तार गर्न सहयोग गर्ने प्रतिबद्धता सांसद लम्सालले चुनावका बेलामा गरेका थिए । जुन अहिले सांसद लम्सालले पूरा गरेका छन् । पाँचखाल जोड्ने नयाँबस्ती कोटाभिर पौवाटार सडकको सांसद लम्सालले आज (शनिबार) उद्घाटन गरेका छन् ।
सडक उद्घाटन कार्यक्रममा बोल्दै सांसद लम्सालले भने, ‘विकासमा विभेद हुनु हुदैँन । विकासले एउटा डाँडोका नागरिकलाई सुख हुदाँ अर्को डाँडोकालाई दुःख हुनु हुदैँन । समान ढंगबाट विकास हुनुपर्छ ।’ त्यहीँ अनुरुप विकासका गतिविधि अगाडी बढि रहेको सांसद लम्सालले बताए । विकासका कार्य सधैँ पारदर्शी ढंगबाट हुनुपर्नेमा उनले जोड दिए ।
गाउँमा सडक पुगेपछि खुशी हुदैँ स्थानीय अप्सरा के.सी कोइरालाले भनिन्,‘गाउँ बल्ल सडक पुग्यो । हामी किसानलाई सडक राम्रो नहुदाँ धेरै समस्या थियो । तरकारी किनबेचका लागि बजारसम्म पुग्नै घण्टौँ लाग्थ्यो । तर अब सहज हुने भयो । सडक बनेपछि अझ धेरै तरकारी उत्पदान गर्ने योजना बनाएका छौँ ।’
नगरपालिका स्थापना भएको २३ वर्षसम्ममा पनि बिस्तार नभएको सडक अहिले बिस्तार हुदाँ अर्का स्थानीय नवराज पोख्रेलले खुशी व्यक्त गरे । ‘विकासमा भएको विभेदीकरणलाई देख्दा यति छिट्टै यहाँको विकास हुन्छ भन्ने सोचेका थिएनौँ,’ उनले भने, ‘तर सांसद लम्सालले आफूे गरेको प्रतिबद्धता अनुसार काम गरे देखाउनुभएकोमा खुशी भएका छौ । सडक बनेपछि अब यहाँका नागरिकलाई पनि सुविधा हुने भयो ।’
किसानका समस्यालाई प्राथमिकतामा राखेर यस सडकको बिस्तरा गरिएको सासंद लम्सालले बताए । उनका अनुसार किसानले उत्पादनको गरेको एक किलो गोलभेडा, एक लिटर दूध भएपनि किसानले सहज तरिकाले बजारसम्म पु¥याउन सकुन् भनेर हामीले यो कार्यलाई प्राथमिकता दिएका हौँ । यस सडकले कृषिमा क्रान्ति ल्याउन सहयोग गर्ने उनले बताए ।
किसानले उत्पादन गरेको दूध र तरकारीको बजारको लागि किसानहरु घण्टौँ हिँडे बजार पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै सांसद लम्सालको पहलमा पाँचखाल जोड्ने नयाँबस्ती कोटाभिर पौवाटार सडक बिस्तारको लागि बागमती प्रदेशबाट आर्थिक वर्ष २०७५/०७६मा रु.२५ लाख बजेट बिनियोजन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७६/०७७को लागि रु. ५० लाख बजेट बिनियोजन भएको थियो ।
उक्त सडक उद्घाटन समारोहमा संविधान सभाको सदस्य तेज बहादुर मिजार, नेकपा जिल्ला कमिटी सदस्य राम गोपाल चौलागाईं, नेकपा जिल्ला कमिटी सदस्य बिष्णु मिजार, किसान प्रतिनिधि उद्दव कोइराला, शिक्षासेवी राम प्रसाद अधिकारी, कलाकार सावित्री मगर र अनिसा तामाङ, जिल्ला पराजुली समाजका अध्यक्ष गणेश पराजुली लगाएका उपस्थिति रहेको थियो ।