निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नमोबुद्ध नगरको सातौ स्थापना दिवस सम्पन्न

  •   ६ वर्ष अघि | १६ मंसिर २०७७, मङ्लबार,    

काभ्रे ,जिल्लाा नमोबुद्ध नगरपालिकाको सातौं स्थापना दिवस मंगलबार सम्पन्न भएको छ । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकै अवसरमा नगरपालिकामा भु–सेवा केन्द्रको उद्घाटन गरिएको छ । यसैगरी नगरपालिकामा सघन शहरी विकास आयोजनाबाट निर्माण भएको भकुण्डे–दारेगौंडा–नास्पातीबोट सडक उद्घाटनसँगै हस्तान्तरणसमेत गरिएको छ । यसैगरी नमोबुद्ध नगरपालिका ४ मा निर्माण भएको कवर्ड हल नगरपालिकालाई सोही अवसरमा हस्तान्तरण गरिएको छ ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले पक्की सडक र भु–सेवा केन्द्रको उद्घाटन गरेका थिए । यसैगरी बास्कोटाले नमोबुद्धको नगरझण्डा झण्डोत्तोलन गर्दै सार्वजनिक गरेका थिए । स्थापना दिवसको अवसरमा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै भएगरेका कामहरु समेटिएको पुस्तक जनप्रतिनिधिका तीन बर्षसमेत बिमोचन गरिएको छ । कार्यक्रममा सञ्चारकर्मी शिवर अधिकारी, समाजसेवी एवं व्यवसायी कुमार दाहाल र नेपाल केम्फो खुकुरी मार्शल आर्टस् संघका अध्यक्ष पूर्ण पाण्डेलाई विशेष सम्मान गरिएको थियो ।

यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंलाई नगरको समृद्धि र प्रशासनिक कार्य एवं सुशासनमा योगदान दिएवापत विशेष सम्मान गरियो भने उत्कृष्ट कर्मचारी सन्तोष काफ्ले, उत्कृष्ट वडा सचिव शंकर भट्टराई, उत्कृष्ट वडा कार्यालयहरु वडा नं. १ र वडा नं. २ लाई सम्मान गरिएको छ । यसैगरी वडा कार्यालय निर्माणका लागि जग्गा दिने गोविन्द घिमिरे, रामकृष्ण श्रेष्ठ तथा दुईवटा सडक उपभोक्ता समितिलाई समान गरिएको थियो ।

यस्तै कोरोना भाइरस नियन्त्रण र रोकथाममा सक्रिय एम्बुलेन्स चालक पन्चलाल श्रेष्ठ, सवारीचालक ङेमा लामा, कार्यालय सायोगी सीता खड्का, प्रविण अधिकारी, हेल्थ असिस्टेन्ट शोभाकान्त आचार्य, गंगाराम तिमल्सिना, सिडियर अहेब कल्पना अधिकारी, स्टाफ नसै शर्मिला प्रजापति, बिना श्रेष्ठ, कम्प्युटर अपरेटरहरु राजीव श्रेष्ठ, श्याम खनाल, सहायक कम्प्युटर अपरेटर जीवन कार्की, डाक्टर रामशरण श्रेष्ठ नमोबुद्ध गुम्बा, समाजसेवी वाङचुक राप्तेन लामा, गैरसरकारी संस्था सिप्रेड, वडा अध्यक्षहरु उद्धवप्रसाद काफ्ले, धर्मसिं लामा, रामकृष्ण उपाध्यायलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा नमोबुद्ध ८ स्थित स्वास्थ्य चौकीमा कार्यरत रहेको बेला हत्या गरिएकी रञ्जना अधिकारीको छोरालाई पठनपाठनका लागि ३० हजार, नमोबुद्ध नगरपालिका वडा नं. १० की तत्कालिन कर्मचारी स्वर्गीय नरकुमारी घोरासैनीको परिवारका सदस्यलाई २५ हजार तथा नमोबुद्ध नगरपालिका वडा नं. ९ का तत्कलिन वडा सचिव स्वर्गीय श्रीराम सत्यालको परिवारलाई कर्मचारी कल्याण कोषबाट १ लाख ८७ हजार ८५ रुपैयाँ आर्थिक सहायता पनि प्रदान गरिएको छ ।

थप