निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपानगरपालिका का चार वडामा एकै चोटि बाटो पिच

  •   ६ वर्ष अघि | ४ कार्तिक २०७७, मङ्लबार,    

काभ्रे, काभ्रे जिल्ला बनेपा नगरपालिकाको पुरानो बजार चारदोवाटो देखी विद्युत प्राधिकरण  चोक सम्म  १ किलो मिटर सडक कालोपत्रे भएको छ । बनेपा नगरपालिकाको वडा नम्बर ५, ७, ८ र ९ नम्बर   सडकको कालोपत्रे गरिएको हो । उक्त सडक कालोपत्रेका लागी बाग्मति  प्रदेश सरकार बाट रु १ करोड र बनेपा नगरपालिका बाट रु १ करोड गरी २ करोड लागतमा निमार्ण सम्पन्न भएको हो। उक्त सडकको निरिक्षणका लागी वागमति प्रदेश सांसद बसुन्धरा हुमागाई, बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष बर्ण शाक्य, वडा सदस्यहरु सागर मानन्धर, अनिल भैल, नेकपा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना, योजना अधिकृत यज्ञ बैध को उपस्थिति थियो।

थप