बनेपा, बनेपा नगरपालिका वडा नं ३ काशिभञ्जाङ तिनघरे सडक खण्ड अन्तर्गत कालिथुम्कि भन्ने ठाउँमा भयङकर सुख्खा पहिरो आई सडक अवरुद्ध भएको छ।
यो सडक धुलिखेल नगरपालिका र मण्डन देउपुरको नगरपालिकाको सिमाना हुँदै सिन्धुपाल्चोक जाने बैकल्पिक सडक रहेकोले संयौ सवारी साधन र सर्वसाधारण हरुलाई निकै नै सास्ती परेको जानकारीमा छ। 
सोही पहिरो ले गर्दा दैनिक दूध र तरकारीको उत्पादन पनि बजारसम्म पुर्याउन किसान हरुलाइ धेरै नै गाह्रो परेको छ। सोही सडकमा प्रदेश सरकार ले आर्थिक बर्ष ७५/७६ मा ५० लाख बजेट राखि सडक बढाउने कार्य गरेको थियो। सोही सडक खण्ड अन्तर्गत काशिभञ्जाङ देखि पसलडाडा सम्म भिर खण्ड रहेको र उक्त क्षेत्रको भौगोलिक बनावट अध्ययन नगरि डोजर मात्रै चलाउने काम ले यस्तो सुख्खा पहिरो को जोखिम बर्षे पिच्छे बढेको स्थानीयहरु बताउँछन् ।