काभ्रे, धुलिखेल अस्पतालमा डाक्टर सहित १९० जनाको नमुना संकलन गरि टेस्ट गर्दा नेगेटिभ आएको छ। अस्पतालमा कार्यरत १ सय ९० जना डाक्टर तथा कर्मचारीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
दुई दिन अघि अस्पतालमा उपचाररत विरामी र १ जना स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालनै सिल गरेर चिकित्सक तथा कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । अस्पतालमा कार्यरत थप ४ जना कर्मचारीलाई संक्रमण भएको आइतबार पुष्टि भएको थियो । 
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
धुलिखेल अस्पतालमा कार्यरत १९० जनाको कोरोना नेगेटिभ
- ६ वर्ष अघि | १ भदौ २०७७, सोमवार,