काभ्रे, बनेपा नगरपालिका वडा नं ७ मा कपडा पसल चलाउँदै आएका एक व्यापारीका १२ वर्षिय छोरामा कोरोना संक्रमण देखिएको छ ।
हाल बनेपाको गोदाम चोकमा बस्दै आएको सो परिवारले सिरक डसनाको व्यापार गर्दै आएको थियो । सो परिवारका १२ वर्षिय छोरामा कोरोना पोजिटिभ देखिएको हो ।
बालकमा संक्रमण देखिए संगै , बनेपा नगरपालिका वडा नं ७ मा कपडा पसल चलाउने परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो ।परिवारको भने कोरोना नेगेटिभ आएको बताईएको छ ।