निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

  •   ६ वर्ष अघि | २ असार २०७७, मङ्लबार,    

काठमाडौ, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा बालुवाटार पुगेका ध्यानाकर्षण पत्र बुझाएका हुन् । सचेतक खाँडसँगै पुष्पा भुसाल, गगन थापा, भीमसेनदास प्रधान र राजन केसी बालुवाटार पुगेका थिए ।

नेपाली काँग्रेसले विपतको समयमा स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिकको उद्दार, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरणलगायत विषयमा एकपछि अर्को अनियमितता गरेको भन्दै आपत्ति जनाएको छ । उसले यो विषयले प्रमुख प्रतिपक्षी दललाई लज्जित बनाएको बताएको छ ।

हालै बसेको नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको थियो । कोरोनाका असर तथा सरकारी कामकाजबारे अनुगमन गर्न सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा अनुगमन समिति बनाएको थियो भने स्वदेशदेखि विदेशबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउने निर्णय गरेको थियो ।

नेपाली काँग्रेसले ७७ जिल्ला, प्रदेशमा मुख्यमन्त्रीमार्फत् र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सरकारले कोरोना नियन्त्रणमा अहिलेसम्म दश अर्ब खर्च भइसकेको बताएको छ । उक्त खर्च पारदर्शी हुनुपर्ने काँग्रेसले बताउँदै आएको छ ।

थप