काभे, (बनेपा) जिल्ला ,आरोप प्रत्यारोप भन्दा पनि भारतको गिद्धेनजरमा अाज सम्मका राष्ट्र वादको खोल ओडेका कुन- कुन दलका र कुन- कुन ब्यवस्थाका राष्ट्र प्रमुख हरुको पालामा नेपालको सिमाना भारतले अतिक्रमण गरेको छ ।
भन्दा पनि ककस्ले कुन-कुन समयमा कस्ता कस्ता राष्ट्रघात हुने सन्धि सम्झौता गरेर नेपाली भुमिलाइ भारत परस्थ बनाए छोटो विवेचना सहितको जानकारी ।
खास गरि सन १८१६ मा ब्रिटिस इस्ट इन्डिया कम्पनी र भारत सँग सुगौली सन्धि गरेपछि नेपालको सिमाना खुम्चिएको देखिन्छ ।
सन् १९४७ मा नेपाली गोर्खाली सेनाले बिर्टिस कम्पनी सेना र बंगालि सेना सँग मकवानपुर र सिन्धुली गडी को लडाइमा अाफ्नो विरता र युद्धकौशल सैने सौर्य बहादुरीका साथ देखायपछी १९४७ मा गोर्खा भर्तिको त्रिपक्षीय सन्धि भयको देखिन्छ ।
जस अनुसार १० गोर्खा रेजिडेन्ट खडा भएको देखिन्छ। १० रेजिडेन्ट मा भारतमा ६ रेजिडेन्ट र ४ रेजिमेन्ट बिट्रिस सेनामा गए। सामन्ती राणा हरुबिच चर्का चर्कि परिरहेको बखत जंगबहादुर ले इस्टइन्डिया कम्पनी को चाकरी गरि भारतिय स्वतन्त्रता संग्राम बिरुद्ध अग्रेज हरुलाइ सघाए १०४ बर्ष सम्म चलेको सामन्ती राना शासन अन्तिम प्रधानमन्त्री मोहन शमशेर राणाले भारत संग सन १९५० मा शान्ति मैत्री र बाणिज्य सन्धि गरे ।
जब १९५० मा भारत संग गोप्य सन्धि मोहन शमशेर ले गरे तेही बेला देखि को सन्धिका बुधा हरु घातक र असमान छन ।उक्त सन्धिमा नेपाललाई भारतकै अभिन्न अंग मानीएको छ। र विशेष समन्धको अाधार बनाइ तराई देखि हिमालय पर्वत सम्म भारतिय सेनाले सुरक्षा दिनमिल्ने सर्त हरु राखियको छ ।
सन् १९५१ मा मात्रीका प्रसाद कोइराला प्रधानमन्त्री भएपछि उनले झन भारत भक्ति देखाउदै डाक्टर के अाइ सिंहलाई पक्राउ गर्न ,भिमदत्त पन्तलाइ हत्या गर्न र किसान बिद्रोह लाई दबाउन भारतिय सेनालाई बोलाएर दमन र हत्या गर्ने प्रयोग गरेको देखिन्छ ।
यस प्रकार मनोबैज्ञानिक रुपमा प्रभाव पार्न तथा नेपालको स्वतन्त्र र सार्वभौमसत्ता माथि भारतले बल मिचाइ गर्ने अाट गरेको प्रष्ट सँग देख्न सकिन्छ । भारतले नेपालको उत्तरी सिमाना मा १९५२ देखि १९७० सम्म सैनिक चेकपोस्ट राख्ने कामपनी अगाडि बडाएको देखिन्छ ।
भारतको विस्तार वादीनितिका कारण हिमाली अादिवासि का निम्ति परम्परा देखि खोलिदै अाएका १९ वटा चिन सँगका नाका बन्द गर्ने सम्मको काम मात्रिका प्रसाद कोइरालाको प्रधानमन्त्री कालमा भएको देखिन्छ ।
अब फेरि केही समयको अन्तराल पछि बेवस्था नै परिवर्तन हुन्छ ।महेन्द्र सरकारले राज्यसत्ता अाफ्नो हातमा लिनछन र पन्चायती सामन्ती शासन सत्ता अाफ्नो हातमा लिन्छन उनी संग पनि ३० जनवरी १९६५ मा गोप्य पत्र मार्फत भारतले सैनिक सहयोग सम्वन्धि सम्झौता गर्छ।
उक्त पत्रमा नेपाली सेनाको पुनर्गठन र अाधुनिकरण गरि नयाँ सैनिक बिग्रेड गठन गर्ने कुरा समेत उल्लेख गरेको पाइन्छ ।भारत संग तात्कालिक राजा विरेन्द्रको मनमुटाव भएपछि नेपालले सन १९८८ मा चिन सँग हतियार खरिद गर्यो। उक्त कुरा भारतलाई मन पर्ने कुरै भएन भारतले १९५० र १९६५ को सन्धि बिपरित काम गरेको अारोप लगाइ अापत्ती जनायो फलस्वरूप भारतले राजा माथि दवाव दिने उदेश्यले विं सं २०४५ मा व्यापार तथा पारवहन सन्धिमा हस्तान्तरण गर्न मानेन र सोही निहु झिकि नेपाल माथि अार्थिक नाकावन्धि लगायो यो नाकाबन्दी बाट राजाले भारत सामु घुडा टेक्छन ।
भन्ने अपेक्षा लिएको थियो तर राजाले भारत सामु झुक्नु भन्दा नेपाली अान्दोलनकारिका सामु अात्मा समर्पण गर्नु जायज ठाने र जसका कारण२०४६ मा नेपालमा पुन प्रजातन्त्र को घोषणा विरेन्द्र सरकारले गरिदिए
२०४६ पछि नेपालमा प्रजातन्त्रको उदय भएपछि अन्तरिम सरकार गठन भयो ।
अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बने उनले पनि पद प्राप्त गर्नासाथ भारत भ्रमणमा गए भ्रमणको बेला १०जुन १९९० मा निकालेको बिज्ञप्तिमा नेपाललाइ घात हुने समझदारी पत्रमा हस्ताक्षर गरे ।
उक्त बिज्ञप्तिमा प्रतिरक्षा ,अार्थिक ,तेल,अापुर्ति ,भारतीय नागरिक लाई श्रम स्वीकृति र शिक्षकहरुलाई सेवा स्वीकृति दिएर पुर्णतया भारतको स्वार्थ तथा नीति अनुसार समझदारी गरेर भारत सामु अात्मासमर्पन गरे ।
विभिन्न समयमा कहिले पुरक सिमा सन्धि ११ डिसेम्बर १८१६ कहिले फेरि अलग-अलग सिमासन्धि १ नोभेम्बर १८६० जनवरी १८७५ मे १८९६ गरि नेपालको नेपालको भुभागलाइ भारतमा विलय गराउन षड्यन्त्र गरिरहेको पाइन्छ।
अहिले कालापानी लगायत भारत संग सिमा जोडिएका २६ जिल्ला मध्य २१ जिल्लाको ५४ स्थानमा बिवाद भएर भारतले नेपालको ६० हजार हेक्टर मिचि अतिक्रमण गरिराखेको छ ।
यस्तो विकराल परिस्थिति हुदापनी भारतिय पक्षले नेपाल र भारत बीच तयार भएका १ सय ८२ थान सिमा नक्सामा दुई देशका प्रतिनिधि बिच हस्ताक्षर हुनलागेको कुरा जानकारी मा सो समयमा उठेको पाइन्छ ।
सिमा नक्सा कति सहि र सुद्ध छ। भनेर दुई पक्ष प्रतिनिधि बिच सहमति नहुदा नहुदै हस्ताक्षर गर्न हतारो गरेको देखिन्छ ।उक्त हस्ताक्षर को कुरा भारतिय बिदेश मन्त्री नेपाल भ्रमणमा अाएका बखत २०६५ मंसिर १०मा भनेका थिए ।
बास्तवमा नेपालका अाज सम्म शाह देखि राणा र प्रजातन्त्रवादी शक्ति हरुको सन १८१६ देखि २०२० सम्म आइपुग्दा राजामा विरेन्द्र र प्रजातान्त्रिक लोकतान्त्रिक राज्य ब्यवस्थामा मनमोहन अधिकारी र केपी वली जतिको राष्ट्र बादी प्रधानमन्त्री नेपाली जनताले विरलै प्राप्त गर्न सक्छन।
छातीमा हात राखेर कुन प्रधानमन्त्री को पालामा कुन- कुन खोला-नाला र नेपालको शोर्ग बिर्साउने डाडा पाखा का सन्धि सम्झौता भएका छन। नेपाल चिन भारत सन्धि सम्झौता (सुरेश कार्की ),भारत नेपाल सिमावर्ति बाद्य ( बुद्ध नारायण श्रेष्ठ) र नेपालका एतिहासिक राजनीति दस्तावेज हरुवाट प्रष्ट बुझन सकिन्छ।