मणिराम दाहाल, काभ्रेपलान्चोक - धुलिखेल नगरपालिका वडा नम्बर २ रबिओपिमा आज वडाका दैनिक ज्यालादारी काम गर्न मजदुर र विपन्न वर्गका मानिसहरु लाई राहत वितरण गरिएको छ । कोरोना भाइरस कोभिड -१९ संक्रमण रोकथाम नियन्त्रणका लागि नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको पनि एक महिना भन्दा बढि भैसकेको छ
। यस बाट दैनिकी ज्यालादारी काम गर्न मजदुरहरु लाई गुजरा चलाउन निकै समस्या भएको छ । यस्तो अवस्थामा वडाले यो दोस्रोपटक वडावासि र विपन्न वर्गका व्यक्ति लाई राहत वितरण गरेको वडा अध्यक्ष देवप्रसाद कोईराला ले बताउनुभयो। धुलिखेल नगरपालिका वडा २ का अध्यक्ष देव प्रसाद कोइराला लाई शिखर एग्रो प्रा.लि ले ३५ जना लाई चामल १२ किलो आधा, दाल ८०० ग्राम , नुन १ प्याकेट हस्तान्तरण गरेको शिखर एग्रो प्रा.लिका काभ्रे जिल्ला सब - इन्चार्ज द्वारिका गौतमले जानकारी दिनुभयो ।
२ नम्बर वडा कार्यालयले आफ्नो वडा भित्र दैनिक ज्यालादारी काम गर्न मजदुहरु तथा विपन्न बर्गका मानिसहरु लाई चामल १० किलो, नुन १ प्याकेट, दाल १ किलो र तेल १ प्याकेट गरि १२५ जनालाई राहत हस्तान्तरण गरेको वडा सचिब सुनिता शर्माले जानकारी दिनुभयो । शिखर एग्रो प्रा. लि ले ३५ जना लाई राहत सामाग्री सहयोग गरेको थियो भने धुलिखेल नगरपालिका वडा २ ले १२५ जना लाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो । धुलिखेल २ नम्बर वडाले आज दुबै गरि १६० जनालाई राहत वितरण गरिएको थियो ।