काभ्रे ,वनेपा नगरपालिकालाई पिपिई र माक्स हस्तान्तरण नेपाली कांग्रेसका केन्द्रिय सदस्य, श्रमिक तथा ट्रेड युनियन बिभागका केन्द्रीय संयोजक नेता श्री शिव प्र हुमागाइ ज्यु बाट बनेपा नगरपालिका का स्वास्थ्य केन्द्रहरुका लागि स्वास्थ सामाग्री (पि.पि.इ र मास्क) बनेपाका मेयर श्री लक्ष्मी नरशिह बादे ज्युलाई आइतबार हस्तान्तरण गारिएको छ। नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाँईले आफ्नो गृह जिल्ला काभ्रेपलान्चोकको स्थानीय तहहरुमा नेपाली काँग्रेस काभ्रेको तर्फबाट पिपिई र मास्क वितरण गर्ने र सो तहहरुको अवस्था बुझ्ने अभियान अन्तर्गत आज बेथान्चोक गाउँपालिकामा वितरण भएको छ। सामाग्रीहरु गा.पा प्रमुख प्रेमबहादुर तिमल्सिना र वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको छ। वितरणमा नेपाली काँग्रेस जिल्ला सचिव दिनेश लामा, पुर्व माननिय तीर्थ लामा, जिल्ला कोषाध्यक्ष कृष्ण गोपाल भैल,प्रदेश क्षेत्रीय सभापतीहरु राम योन्जन, रमेश हुमागाँई, विदुर घिमिरे, जिल्ला सदस्य उध्दव नेपाल,रविन्द्र सिग्देल , नेपाल शिक्षक संघ प्रदेश ३ सभापती नारायण तिमल्सिना, काँग्रेस नेताहरु माधव ढकाल, भगवान अधिकारी, बनेपा नगर सभापति राम जोशि ,नगर उपसभापति ,सचिब द्वय महेश कर्माचार्य ,निरकमल शाहि ,बनेपाका वडाध्यक्षहरू ,वडासभापति ,सचिव , ने.बि.संघ निवर्तमान प्रदेश ३ केन्द्रिय सदस्य राजेश तिमल्सिना, ट्रेडयुनियन काँग्रेसको जिल्ला उप–अध्यक्ष सन्तोष गौतम, पत्रकार लगायत अन्य नेताहरु उपस्थिती हुनुहुन्थ्यो ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
बनेपा नगरलाई कांग्रेस काभ्रेले दियो स्वास्थ्य सामग्री
- ६ वर्ष अघि | २१ बैशाख २०७७, आइतवार,