निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

लकडाउन बैशाख २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद को निर्णय

  •   ७ वर्ष अघि | १४ बैशाख २०७७, आइतवार,    

मणिराम दाहाल,काभ्रे(बनेपा)बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (covid 19 )का कारण नेपालमा लकडाउन भएको ३४ दिन भएको छ। लकडाउनले सर्वसाधारण को दैनिकी कष्टकर हुँदै गएको छ। सरकार ले कोरोना भाईरसको संक्रमण नबडाउन लकडाउनलाई बढाएको हो। नेपालमा कोरोना भाइरस संक्रमित को संख्या ५१ पुगेको छ। कोरोना भाइरस बाट मुक्त भएर घर जानेको संख्या १६ रहेको छ।बिश्व भर भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख बाट माथि पुगेको छ। यस्तै हिसाबले नेपालमा पनि यसको सम्भावित संक्रमण बाट बच्न मन्त्रिपरिषद् को बैठकले लकडाउन लाई बैशाख २५ गते सम्म लम्ब्याउने निर्णय भएको छ। 

थप