निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बालुवाटारमा सचिवालय बैठक जारी : यस अघि के- के भयो

  •   ७ वर्ष अघि | ८ बैशाख २०७७, सोमवार,    

बैशाख ८ काठमाण्डौं । आज अप्रत्यासित रुपमा सरकारले दल विभाजन गर्न ४० प्रतिशत संसद या पार्टी सदस्य भए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय पछि ठूलो तरंग गएको नेकपाको सचिवालयको बैठक बालुवाटारमा जारी छ ।
मन्त्रीपरिषद्को निर्णय पछि आश्चर्यमा परेका पूर्व माओवादी समुहका मन्त्रीहरु खुमलटार स्थित प्रचण्ड निवासमा गएर अलग्गै छलफल गरे ।
त्यस छलफलमा यो पार्टी विभाजनको मनशाय सहित अध्यादेश आएको भन्दै यसलाई फिर्ता लिन अध्यक्ष प्रचण्डले प्रस्ताव गर्ने सहमति भयो । साथै प्रचण्डले पूर्व माओवादी समुहका कोही पनि नेताहरुलाई राजधानी नछाड्न निर्देशन दिईयो ।
नेकपाको ४४ सदस्यीय स्थायी समितिमा पूर्व माओवादी समुहका १८ जना छन् , प्रधानमन्त्री ओली पक्षका १२ जना छन् भने भने माधव नेपाल, झलनाथ खनाल र वामदेवको गरी १३ जना रहेका छन् । प्रचण्ड निकट एक स्थायी समिति सदस्य अग्नी प्रसाद सापकोटा सभामुख भएका छन् ।
त्यस पछि प्रचण्ड र प्रधानमन्त्री ओलीबीच फोनमा कुराकानी भयो । जसका आधारमा उनीहरुले आकस्मिक सचिवालयको बैठक बोलाएर बालुवाटारमा जुटेका छन् ।
प्रचण्ड पक्षधर नेताहरुले पार्टी फुटाउने मनशायले अध्यादेश ल्याएको बुझाई बनाएका छन् ।
तर ओली निकट नेताहरुले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यो अध्यादेशले पार्टी नफुट्ने बताएका छन् ।
ओली निकट मानिने ५ नं प्रदेशका मुख्य मन्त्री समेत रहेका नेता शंकर पोखरेलले अत्यादेश, ऐन नियमतले पार्टी फुट्ने पनि हैन, जुट्ने पनि हैन भन्दै नआपत्तिन अपील गरेका छन् ।

रासस

थप