मणिराम दाहाल,काभ्रे(बनेपा)बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण नेपालमा अाज लकडाउन भएको २४ दिन भएको छ लकडाउनले सर्वसाधारण को दैनिकी कष्टकर हुँदै गएको छ। सरकार ले कोरोना भाईरसको संक्रमण नबडाउन लकडाउनलाई बढाएको हो ।यसले गर्दा सडकमा रहने दैनिक लगभग १५०० देखि २००० वटा जति छाडा कुकुर हरुलाइ खाना खुवाएर उदाहरणीय कार्य गर्नुहुने सर्वश्रि अधिकारी र रोहित श्रेष्ठले लकडाउनको सुरुवाती दिनदेखि नै बनेपा एरिया भरि रहेका छाडा कुकुरहरुलाइ बिहान बेलुका खाना खुवाएर यतिवेला उदाहरणीय बन्नु भएको छ। उक्त कार्य गरिरहदा सर्वश्री अधिकारी को मनमा जे उव्जिएको मनको भाव (आफु बाँचेर तिमिहरुलाई बचाउने नै कोशिस गरिरहेकी छु। ग्लोप्स, माक्स, सेनिटाइजर प्रयोग गरेर मात्र मैले बाहिर निस्केर तिमिहरु लाई खुवाउने गर्छु । सबैले मलाई माया गरेर बाहिर नजानु भन्नू भएको छ । अरुले पनि खुवाउनु हुन्छ भन्नु हुन्छ मेरो मायाले नै हो मलाई थाहा छ । तर बसपार्कमा छाै तिमिहरु यहाँ कसैकाे पनि अाउजाउ छैन । यो कोरोना काे त्रास दिनदिनै बढिरहेको ले हिडडुल गर्न खतरा भएको छ । तर म भित्र बसेर तिमि हरुलाई भोकले छट्पटाएँ र मार्न सक्तिन म सित पी पी ई त छैन तर रेनकाेट लगाएर भए पनि आफूले भ्याए सम्मको लाई खुवाउने छु । याे मेराे बाचा भाे तिमिहरुलाई । यति सेभ हुँदा हुँदै नी मलाई केही भएछ भने मर्न देखी डराउँदिन तर म तिमिहरु लाई भाेकै र प्यासै मर्न दिने छैन । मलाई जन्म दिने मेरा अामा र बाबाकाे आशिर्बाद अनि मेराे परिवार र साथिभाईकाे साथ र माया ले मलाई हाैसला मिलेको छ र सधैंभरि यसरी नै तपाई हरुकाे साथ र सहयोग पाउने अाशा गरेकी छु)यसरी हामी सामु राख्नु भएको थियो। सर्वश्री अधिकारी एक सामाजिक अभियान्ता हुनुहुन्छ ।उहासंगै मिलेर रोहित श्रेष्ठ र उहाँका साथिहरु मिलेर अहिले दैनिक बाहिर रहेका२०००वटा कुकुर हरुलाइ खाना खुवाउदै आएको बताउनुभयो।