निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

लकडाउनको तीन साता सम्म पनि जनताले लकडाउन तोडिरहे

  •   ७ वर्ष अघि | २८ चैत्र २०७६, शुक्रबार,    

मणिराम दाहाल ,काभ्रेपलान्चोक ,चैत्र, २८,सरकारले लकडाउन लगाएको आज तीन साता बित्नलाग्दा पनि सर्वसाधारण ले लकडाउन उलङ्घन गर्ने छाडेका छैनन् ।

बनेपाको विभिन्न ठाँउमा लकडाउनको उलघंन गरी हिडेका ८४ जनालाई ईलाका प्रहरी कार्यलय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा   विभिन्न   ठाउ हरुबाट नियन्त्रणमा लिएर ती ब्यक्तीहरुलाई सचेतना कक्षा लिइएको   छ ।

बनेपा नगरपालिकाको बजार एरीयामा बिना काम लकडाउन उल्लंघन गरी हिड्ने ७९ जना पुरुष र ५ जना महिला इलाका प्रहरी कार्यलय बनेपाले नियन्त्रणमा लिई बनेपा नगरपालिका स्थित पुलबजारमा रहेको बनेपा फुटसलमा (COVID-19) कोरोना भाईरस सम्बन्धी सचेतनामुलक अनुशिक्षण दिई २ घण्टा पश्चात छोड्ने प्रमुख तिमील्सिनाले बताए ।

नेपाल सरकारले अति आवश्यक काम बाहेक कोहि पनि घर बाट बाहिर ननिसक्न आदेश जारी गरेको थियो । कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको बेलामा अनावश्यक हिडढुल गरि लकडाउनको उलंघन गर्नहरु लाई प्रहरीले नियन्त्रणमा लिएर सचेतना कार्यक्रम  गरि छोड्ने  ईप्रका प्रमुख योगेन्द्र तिमल्सिना ले बताउनुभयो । 

थप