बनेपा ११ का अत्ति बिपन्न्न र दैनिक ज्यालादारी गर्नेलाई राहत
काभ्रे ,बनेपा नगरपालिका वडा नम्बर ११ ले आफ्नो वडा भित्र रहेका अति बिपन्न परिवारलाइ राहत बाँडेको छ ।
वडाका अति बिपन्न परिवार छनौट गरि राहत बितरण गरिएको वडा अध्यक्ष शिवकुमार थापाले जानकारी दिनुभयो । राहत प्याकेजमा १५ किलो चामल, १ किलो दाल, १ किलो चिनी, १ प्याकेट नुन, १ लिटर तेल, २ वटा साबन र अत्यावश्यक समाग्री बितरण भएको छ । आज २५० जनालाइ राहत बितरण भएको छ ।
वडा अध्यक्ष थापा ,सदस्यहरु सिताराम थापा, लिला थापा, , पार्वति विश्वकर्मा , प्रताप तामाङ , लगायतले राहत सामाग्री बितरण गर्नुभएको थियो ।