निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेकपाको भात्री संगठन अनेरास्ववियु काभ्रेले गर्यो राहत वितरण

  •   ७ वर्ष अघि | १९ चैत्र २०७६, बुधबार,    

काभ्रेपलाञ्चोक ,सत्तारुढ पार्टि नेकपाको भात्रि संगठन अनेरास्ववियू काभ्रेले राहत वितरण गरेको छ । बनेपा नगरपालिका वडा नं. ९ मा राहत बितरण गरिएको थियो । दैनिक ज्यालादरी गरि परिवारको गुजारा चलाउने परिवारलाई लकडाउनले दैनिक गुजारा चलाउन समस्या परेको जानकारी आएपछी अनेरास्ववियू राहात बोकेरर पुगेको हो ।

पटक पटक वडा अध्यक्षलाई जानकारी गराउदा समेत वडा अध्यक्षले कुनै वास्ता नगरेपछि अनेरास्वविययूलाई जानकारी गराइएको केही समयमै अखिल राहत बोकेर पुगेको भन्दै मजदुरहरु खुसी देखिन्थे । निर्वाचित वडा अध्यक्षले आफूहरुको पीडा नसुनेपनि विद्यार्थीहरुले सुने, उनीहरुले भने ।

राहात वितरण कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य जेनिस लामा, शालिकराम पराजुली, हरिषचन्द्र घिमिरे, काभ्रे संयोजक उपेन्द्र शर्मा, जिल्ला सदस्यहरु मुकुन्द लामिछाने, मिलन कुमार गौतम, सुमन जैरु, युवा संघ काभ्रेका नेता श्यामसुन्दर चौलागाईं, मुकुन्द तिमिल्सिना, युवा संघ बनेपा नगर अध्यक्ष रत्न श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

साथै बेलुका तिमाल गाँउपालिका घर भई बनेपामा मजदुरी गर्ने एक परिवारलाई समेत राहतको व्यवस्थापन गरेका छन् । अनेरास्ववियू काभ्रेका अध्यक्ष उपेन्द्र शर्माले आफूहरुले ठूलो सहयोग नै गर्न सक्ने क्षमता नभएता पनि एउटा संगठानिक हिसाबमा कुनै पनि जनता भोक भोकै मर्नु हुदैन भन्ने मनासायले राहत वितरण गरिएको जनाइएको छ।

थप