निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

  •   ७ वर्ष अघि | १९ चैत्र २०७६, बुधबार,    

काठमाडौ ,नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

 

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।

 

अब पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटर पर्ने छ ।

 

थप