काभ्रे ,बनेपा इप्रका प्रमुख प्र.नि. योगेन्द्र तिमिल्सिनाको कमाण्डमा भट्टी पसलमा छापा, घरेलु मदिरा नस्ट बनेपा, कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण फैलिन बाट जोगिन भन्दै देश नै लकडाउन गरेको बेलामा बनेपामा रहेका केही भट्टीहरु संचालनमा आएको र घरेलु मदिरा बेचबिखन गरि सरकारको नियम लाई नै तोडेको अवस्थामा केही भट्टी पसलमा रहेको मदिरा लाई बनेपा प्रहरीले नस्ट गरेको छ । नगरपालिकाको पुल बजार र भट्टा क्षेत्रमा रहेको होटलहरुमा छापा मार्दा मदिरा बेचिरहेको पाएपछि प्रहरीले घरेलु मदिरा नस्ट गरेको हो । दिन प्रतिदिन बनेपा इलाका प्रहरी कार्यलयले राम्रो काम गर्दै आएकोमा स्थानीयले खुशी व्यक्त गरेका छ्न । बनेपा इलाका प्रहरी कार्यालयका प्रमुख प्र.नि. योगेन्द्र तिमिल्सिनाको कमाण्डमा ७ जनाको प्रहरी टोली गई बनेपा नगरपालिकाको पुल बजार र इटा भट्टामा संचालन गरिएका बिभिन्न होटलहरुबाट अन्दाजी सय १०० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नस्ट गरिएको हो । लकडाउनको अवस्थमा औषधि उपचार र खाद्यवस्तुजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्किने आदेश सरकारले जारी गरे पनि बनेपाको इटा भट्टा , पुलबजारमा भट्टीहरु खोलीएको र धेरै मानिस जम्मा भएको सूचना आए पछि बनेपा प्रहरीले छापा मारेको हो ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
बनेपा प्रहरी प्रमुख योगेन्द्र तिमल्सिना को सक्रियतामा भट्टीमा छापा
लकडाउनको बेला भट्टी संञ्चालन गर्ने लाई प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिना बनेपा को टिमले छापामारी आवश्यक कार्वाही अगाडि बढाएको छ
- ७ वर्ष अघि | १३ चैत्र २०७६, बिहिबार,