हिउँ पर्‍यो फुरुफुरु… बेथानचोक भेगैमा

  •   २ वर्ष अघि | २० माघ २०७८, बिहिबार,    

काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकामा हिमपात सुरु भएको छ । गाउँपालिकाको हर्कभञ्याङ, सिर्थली, चोरण्डे, कामीखोरिया लगायतका बस्तीहरु बेथानचोक नारायणस्थान, गजराम पर्वत जस्ता उच्च भेगमा आज बिहान ३ बजेबाट हिमपात सुरु भएको पर्यटन व्यवसायी कमल प्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार बिहान ३ बजेदेखि हिँउ पर्न सुरु भएको थियो ५ बजे पछी केहि समय रोकिएको र अहिले फेरी पर्न सुरु भएको छ। बेथानचोकमा यस वर्षको दोस्रो हिमपात हो । हिमपात सुरुभएसँगै बाली राम्रो हुने भएकाले कृषकहरु खुशी भएका छन् ।

थप