युवाहरूको सक्रियतामा बनेपा २ र ४ को सिमानामा बन्यो आकर्षक पार्क

  •   ३ वर्ष अघि | १ भदौ २०७८, मङ्लबार,    

काभ्रे । काभ्रेको नाला डुडामुख बाघाखोरमा युवाहरूको सक्रियतामा आकर्षक पार्क निर्माण भएको छ ।
बनेपा नगरपालिका वडा नम्बर २ र ४ को सीमास्थित बाघा खोरमा स्थानीयहरु आफैँले विभिन्न व्यपारीहरु संग पैसा  संकलन गरेर आकाशदेवी सामुदायिक बनमा पार्क निर्माण गरेका हुन् । 
केहि समय अघिसम्म फोहोरको थुप्रो हुने स्थानमा पार्क बनेसँगै चहपहल बढेको छ ।१ सय रुपैयाँ उठाएर सुरु गरिएको अभियानमा ३ लाख रुपैयाँ संकलन भएको युथ आइज क्लवका संयोजक सन्तोष गौतमले जानकारी दिनुभयो । 
उठेको रकमले ट्रष्ट निर्माण, बाघको प्रतिमा निर्माण, बस्ने ठाउँको निर्माण गर्नुका साथै दुई वटा नेपालको झण्डा राखिएको छ ।
थप सहयोग प्राप्त भए भ्यू टावर, पिकनिक स्पट र आकर्षक बगैंचा निर्माण गर्ने योजना रहेको संयोजक गौतमले बताउनुभयो । 
पार्क निर्माणले प्राकृतिक वातावरणलाई यथावत राख्दै जंगलको बीचमा भएको खाली ठाउँको सदुपयोग भएको स्थानीय केदार गौतमले बताउनुभयो ।
पहिले बाघले दुुःख दिएकाले बाघ समाउनको लागि उक्त स्थानमा खोर निर्माण गरिएको स्थानीयको भनाइ छ । भ्यू टावर निर्माण भए यहाँबाट बनेपा, धुलिखेल, भक्तपुर र काठमाडौंको दृश्यावलोकन गर्न सकिन्छ।पार्क बनाउन पहिले देखि सक्रियता देखाउने र यस्तो मोडल र डिजाइनमा पार्क बनाउने भनेर नवराज घिमिरे र सबिन घिमिरेको मुख्य भुमिका रहेको कार्यक्रम मा बताइएको थियो। उहाहरुले सहयोग जुटाउन पनि मुख्य भुमिका गर्नु भएको पार्क निर्माणका संयोजक ले जानकारी दिनुभएको छ।

थप