सबिन गौतमको अभिनयमा "मायालुको लेख्छु नाम अब रगतले "सार्वजनिक 

  •   ३ वर्ष अघि | १० असार २०७८, बिहिबार,    

    काठमान्डौ ,काभ्रेपलान्चोक जिल्ला कोशिपारी चौरी देउराली गाउँपालिका ५ तुसारेमा बुबा रमेश कुमार  गौतम र आमा कमला देवि गौतमको कान्छो छोराभै जन्मलिनु  भएका सबिन  गौतम सानै देखि गित संगीत र खेल कुद भने पछि हुरुक्कै हुनुहुन्थ्यो र २०७३ साल देखि   गित संगीत छेत्रमा मोडल को भुमिका निबाउदै निर्देशन पनि गर्दै गरेको पाहिन्छ र धेरै कलाकार हरुलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आउनु भयको पाहिन्छ भने हाल काठमान्डौ  बसोबास गर्दै आयका   गौतम अभिनय र निर्देशनमा  पनि निकै  जोसिलोका साथ आयको पाइन्छ  निकै आशा लाग्दो लोक दोहोरी गित “मायालुको लेख्छु नाम अब रगतले " BUDHA SUBBHA  युटुब मार्फत सार्वजनिक भएको पाहिन्छ र  दुख-पिडा साथै रोमान्टिक सम्बन्धि रहेको लोक दोहोरि गित अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको मोडल सबिन गौतमले बताउनु भयको छ ।।

 “ मायालुको लेख्छु नाम अब रगतले ”  गितले निकै र्चचा पाउनेमा मोडल गौतम विश्वस्थ हुनुहुन्छ । कुक पेशा अन्तर्गत  काम गर्दै गर्दा अग्रज गायक गायिकाको र दर्शक हरुको  नजर मा  मोडल बन्न पुगेका गौतमले केही समय अगि निकै आश लाग्दो गित  " औँठी चिनो छ "  पिपल पाते ओठ " खोला खाल्सी माछिर जलुको " कुटु कुटु कान्छू " एउटै हुने चहाना  " लगायत अन्य दुई दर्जन भन्दा बढी गित  उहाकै अभिनय र निर्देशनमा  बजारमा र्सावजनिक गर्न सफल  भयको देखिन्छ र  गौतमले “ मायालुको लेख्छु नाम अब रगतले " लोक दोहोरि गित BUDA SUBHAA युटुब  मार्फत  बजारमा आएको बताउनु भयको छ ।।
 गौतमले  अभिनय गरेका धेरै गित र्दशक श्रोताको रोजाइमा परेका छन् । यस गितमा लय  पासाङ शेर्पा  को रहएको छ साथै  शब्द  महेश नेपाल को रहेको छ । जस गितलाइ उत्कृष्ट बनाउन गिता देविले पासाङ शेर्पा लाई स्वरमा साथ दिनु भयक छ ।  गितको छाँयाकन फर्पिनको  बिभिन्न रमणिय स्थानमा गौसव गिरिले गरेका हुन  भने गिरिकै निर्देशन पनि रहेको पाहिन्छ । यसैगरी श्रृङ्गार  भने अन्जना लामिछानेको रहेको छ भने गितमा ऐरेन्ज  गौरव गिरिले सुमधुर डिजिटल रेकर्ड स्टुडियो मार्फत गरेका छन् । 

 गितमा अभिनय स्वयम् सबिन गौतम र अञ्जु सुनारले  गरेका छन् । गौतमले  कोभिड १९ को कारण ले गर्दा गित संगीत लाई केही महिना अभिनयमा ल्याउन रोक्नु भयको बताउनु भयो ।  पनि पछिल्लो समय आफ्नो छुटै पहिचान बनाउन सफल मोडल हुन । " मायालुको लेख्छु नाम  अब रगतले "  बोलको गितलाई  दिनेस मुस्कानले छायांकन गरेका हुन भने गौरव गिरिलेनै सम्पादन गरेका छन् ।

थप