निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

चर्चित र्यापर प्रतीक अधिकारीको आमा बजारमा

  •   ७ वर्ष अघि | ४ माघ २०७६, शनिबार,    

आमालाई सम्मान नगर्ने सायदै संसारमा कोही होलान र आजभोलि देशका कर्णधार युवाहरु गलत संगतमा परी लागुऔषध जस्तो दुर्ब्यबहारमा फसेका छन जसले देशको स्थिती झनै नाजुक हुँदै गएको छ । अझ देशको मात्रा नभैइ ति युवाहरुको आफ्नै घरको स्थिती पनी नाजुक बन्दै गएको छ । एकतिर बेरोजगारीका कारण युवाहरु कुलतमा फस्दै गएका छन भने अर्को तिर कर्मशिल युवाहरु बिदेशी रहेको अवस्था छ ।
यस्तै यावत कुरालाई बिचार गर्दै एक युवा प्रतिक अधिकारिले हालै आफ्नो आमा दि ड्रग सोङ मार्फत त्यस्ता युवाहरुलाई सन्देश दिन खोजेका छन । उनले आफ्नो गीतमा एस्तो कुरा हरु सबै सपना भईदिएको भए हुन्थ्यो भन्ने भावलाई गीतमा प्रस्तुत गरेका छन । जसलाई निकै कुशल ढँगले चर्चित गायक तथा संगीतकार र् यसै भिडियोबाट डेब्यु गर्दै गरेका निर्देशक रबी रिमालले भिडियोमा उतारेका छन । भिडियोलाई प्रवेश अधिकारीले छायाँकन तथा सम्पादन गरेका छन भने निकै नै कुशल तथा अनुभवि अभिनेत्री सरिता राजोपाध्याय लगायत अनित बिष्ट, सुमन कुमार श्रेष्ठ, गणेश के सि, दिपक रावल तथा बालकलाकार आश्रय रिमाल आदीको अभिनय रहेको छ । भिडियोमा प्रिजमा श्रेष्ठको मेकअप देख्न सकिनछ । भिडियोलाई चर्चित कार्टुन क्रीउजको अफिसियल युटुब च्यानल मार्फत रिलिज गरिएको छ ।

थप