निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

माघ ९, १० र ११ गते धनगढीमा पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण हुँदै ।

  •   ७ वर्ष अघि | ३ माघ २०७६, शुक्रबार,    

काठमाडौ – नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले सुरु गरेको प्रतिष्ठित फेष्टिबल हो।;पिम नेपाल फिल्म फेष्टिवल” । विभिन्न यथार्तपरक विषय, क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयहरु संग सम्वन्धित रहेर सचेतना, जानकारी एवं प्रचारका लागी काम गर्ने फिल्म मेकर्सहरुलाई प्रोत्साहन गर्दै आईरहेको यस कार्यक्रमले यस पटकवाट स्थानिय स्तरमा वसेर भाषा, भेषभुषा र संस्कृति लागी काम गरेका फिल्म मेकर्सहरुलाई पनि समेट्ने उदेश्य लिएको छ । गत वर्ष राजधानी काठमाण्डौ स्थित भृकुटीमण्डपमा पौष २, ३ र ४ गते भव्य रुपमा सम्पन्न भएको यस कार्यक्रमलाई यस वर्ष प्रदेश नं ७ को राजधानी धनगढीमा मिति २०७६ माघ ९,१० र ११ गते गर्ने उदेश्य लिएको छ । ३ दिन सम्म चल्ने उक्त कार्यक्रममा नेपाली कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र को प्रदर्शनी समेत गरिने आयोजक समितिले जानकारी गराएको छ । महोत्सवमा नेपाली कथानक चलचित्र तर्फ हाँस्य र समाजिक गरी २ विधाका लागी निर्देशक, लेखक, नायक÷ नायिकाको प्रतिष्प्रधा हुनेछ भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार , सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिष्प्रध हुनेछ जसमा निर्देशक, लेखक ,स्वरांकन, छाँयांकार लगायतका रहनेछन् । त्यस्तै लघु चलचित्र तर्फ निर्देशक र नायक ÷ नायिकाको विधामा प्रतिष्प्रधा हुने र विजेतालाई अवार्ड समेत प्रदान गरिने आयोजकले वताएको छ 

थप