काभ्रे (बनेपा) – कोरोनाको जोखिमका कारण लामो समय बन्द रहेको सिनेमा हलहरु माघ १ गतेदेखि पुनः संचालनमा आएका छन् । त्यस्तै, काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ गोदामचोकमा अवस्थित जिल्लाकै पुरानो सिनेमा हल शुभकामना हलले आफ्नो स्वरुप नै परिवर्तन गरि मल्टिप्लेक्सको सुविधा सहित हल पुनः संचालनमा आएको छ ।
लामो समय बन्द रहेको हल अहिले नयाँ स्वरुपमा साजसज्जाका साथ संचालनमा ल्याइएको हलका संचालक दुर्गालाल प्रधानले बताए । उनका अनुसार अत्याधुनिक प्रविधिको प्रयोगसँगै पुर्णरुपमा एसी, डल्बी साउण्ड सिस्टम र अत्याधुनिक सिटसहित मल्टिप्लेक्सको सुविधामा हल संचालन गरिएको छ ।’शुभकामना हलमा चलिरहेको छ शिव श्रेष्ठ को एउटा यस्तो प्रेम कहानि।