पशुपति शर्मा ,शान्तिश्रि ,बाल गायिका आयुषा गौतमको स्वरमा "तारा बाजि लै छोरी"बजारमा

  •   ४ वर्ष अघि | २३ भदौ २०७७, मङ्लबार,    

नजिकिएको चाड दसैंसँगै बजारमा दसैं गीतहरू सार्वजनिक हुने क्रम सुरू भएको छ।यस्तैमा लोक गायक पशुपति शर्मा, शान्तिश्री परियार र बाल गायिका आयुषा गौतमको स्वरमा ‘ताराबाजी लै छोरी’ बाेलकाे गीत सार्वजनिक भएको छ।

गीतमा एक मध्यवर्गीय परिवारका सदस्य (बुवा, आमा र छोराछोरी) बीच हुने पारिवारिक कुराकानीलाई विषय बनाएको छ।

ताराबाजी लै छोरी’मा दुर्गा पौडेलले शब्द तथा संगीत दिएका छन्। उनकै निर्देशन र कन्सेप्टमा यो म्युजिक भिडिओ तयार भएको हो। यसमा राजेश घिमिरेको सिनेमाटोग्राफी छ।

भिडिओमा पशुपति शर्मा, आयुषा गौतम र रञ्जिता गुरूङको अभिनय तथा प्रस्तुति देख्न सकिन्छ। गीत बुधबार युट्युब च्यानल ‘गुड लक नेपाल’ मार्फत सार्वजनिक भएको हो।

थप