विद्यालय व्यवस्थापन समितिको अग्रसरतामा प्रभात मा.वि सरसफाइ तथा अक्षयकोष स्थापना

  •   ३ हप्ता अघि | १२ जेष्ठ २०८१, शनिबार,     मणिराम दाहाल

काभ्रे । बनेपा नगरपालिका वडा नं ३ मा रहेको प्रभात माध्यमिक विद्यालयमा आज विद्यालयको हाता वरिपरि सरसफाइ र विद्यालयका लागि २५ हजार रकम बाट खडा गरिएको अक्षयकोषमा आज एक लाख  ८१ हजार रकम थप  गरिएको विद्यालय व्यवस्थापन समितिका  सदस्य शिव दाहालले जानकारी दिनुभयो ।

बनेपा वडा नं ३ का अध्यक्ष रमेश दाहाल प्रमुख अतिथि रहेको कार्यक्रममा  साधुराम दाहाल विशिष्ट अतिथी प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक  बालकृष्ण दाहाल र विद्यालय व्यवस्थापन  समितीका अध्यक्ष लक्ष्मण दाहाल सदस्य शिव प्र. दाहाल ,सदस्य केशव दाहाल लगायतका व्यक्तिहरूको उपस्थितिमा विद्यालयको हाता वरिपरि सरसफाइ तथा विद्यालयका लागि अक्षय कोष खडा गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य शिव दाहालले जानकारी दिनुभएको छ।

अहिले विद्यालयको नाममा दुई लाख ६ हजारको अक्षय कोष पनि स्थापना गरिएको समेत सदस्य शिव दाहालले जानकारी दिनुभयो ।

विद्यालयमा अहिले एक सय ८३ जना विद्यार्थी हरु अध्ययनरत छन्। विद्यालयमा हुने अतिरिक्त खर्चका लागि अक्षयकोष खडा गरिएको र उक्त अक्षयकोषको रकम दिने दाता हरु बढ्ने क्रम पनि रहेको बताइएको छ।

अहिले विद्यालयमा अध्यापन गराउनका लागि विद्यालयका  दुईवटा भवन रहेको र विद्यालय व्यवस्थापन समितिको अग्रसरतामा विद्यालयको भौतिक र शैक्षिक गतिविधिमा पहिलेको भन्दा धेरै परिवर्तन आएको पनि व्यवस्थापन समितिका सदस्य शिव दाहालले बताउनुभयो ।

अहिलेसम्म अक्षयकोषमा जम्मा भएको रकम यसप्रकार छ।

थप