पुर्व शिक्षक द्वारा विद्यालयका लागि मोबाइल हस्तान्तरण

  •   ७ महिना अघि | १२ असोज २०८०, शुक्रबार,     मणिराम दाहाल

काभ्रे । बनेपा नगरपालिका वडा नं ३ मा रहेको श्रि शुभ चामुण्डा माध्यमिक विद्यालयको ६८ औं बार्षिक उत्सवको अवसर पारेर सोही विद्यालयका पुर्व शिक्षक युवराज दाहालले एनरोयड स्यामसुङ कम्पनीको एस नाईन प्लस विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो।


विद्यालयको अफिसियल फोटो ,भिडियो तथा शैक्षिक क्रियाकलाप कैद गर्ने सजिलो होस् भन्ने मनासयले वार्षिक उत्सव पारेर विद्यालयका प्रधानाध्यापक ओम प्रसाद थपलियालाई उक्त मोबाइल हस्तान्तरण गरिएको हो।

मोबाइल बाट विद्यालयका शैशिक क्रियाकलाप मात्र कैद गर्ने र विद्यार्थी हरुलाई विद्यालयका गतिविधि बारे बुझाउन पनि सजिलो पार्ने प्रधानाध्यापक थपलियाले बताउनुभयो ।


थप