बिन्धबासिनी माविको ४४ बार्षिकोत्सवमा पत्रकार केशवराज पौडेल सम्मानित 

  •   २ वर्ष अघि | १६ पुस २०७८, शुक्रबार,    

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० माझी गाउँमा रहेको बिन्धबासिनी मावि,४४ बर्षमा प्रवेश गरेको छ । सो अवसरमा शिक्षा, समाजसेवा, पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै मण्डनदेउपुर नगरपालिका मेयर टोकबहादुर वाइवाले निर्वाचनको समयमा बोलेका धेरै कुरा आफूहरुले पुरा गरिरहेको बताउनुभएको छ । 
संघीय सरकारले गर्नु पर्ने शिक्षा र स्वास्थ्यको काम आफूहरुले गरेको भन्दै शिक्षा र स्वास्थ्यमा आफ्नो नगरले धेरै कुरामा फड्को मारेको दावि गर्नुभएको छ । 
उहाँले सबै विद्यालयमा दरबन्दीको व्यवस्थासँगै शिक्षा विकासमा निक्कै धेरै काम भएको दावि गर्नुभयो । उहाँले निर्वाचनको समयमा शून्यको अवस्थामा रहेको आफ्नो नगरलाई निक्कै विकास गरेको बताउनुभयो । 
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष केदार नेपालले सुरक्षा बारको व्यवस्था, सिसी क्यामेराको व्यवस्था, डेक्स बेन्च थप लगायतका माग मेयरसँग राख्नु भएको थियो । 
बडा अध्यक्ष विष्णुमणी नेपालले सबैको सहकार्यको कारणले आफ्नो वडाबाट सकेसम्म धेरै सेवा पुग्ने वातावरण सृजना गरेको भन्नुभयो । 
उहाँले आफू जनताको सेवक भएकाले जनताको आम चासोका कामहरु निरन्तर रुपमा गरिरहने बताउनुभयो । विद्यालयका प्रअ शिवराम सापकोटाले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । 
मण्डनदेउपुरका शिक्षा शाखाका प्रमुख लोकेन्द्र बिष्टले नमूना विद्यालय बनाउने अभियानमा आफू सकृय भएर लागेको बताउनुभयो । कार्यक्रममा सोही नगरका स्थायी बासिन्दा पत्रकार केशवराज पौडेललाई बिन्धवासिनी माध्यामिक विद्यालय र अर्जुन–राधा फाउन्डेसनले सुरुवात गरेको अर्जुन–राधा बिन्धवासिनी पत्रकारिता सम्मान २०७८ नगद पाँच हजार सहित सम्मान गरेको थियो ।  उहाँ गोरखापत्र दैनिकसँग आबद्ध हुनुहुन्छ । 
त्यस्तै सेवा निवृत्त हुनु भएका र विद्यालयमा अध्यापन गराएर अयन्त्र सरुवा हुनु भएको शिक्षकलाई सम्मान गरिएको थियो ।

थप