काभ्रेका ६ सामुदायिक विद्यालय भारत सरकारको सहयोगमा  पुन:निर्माण पछि हस्तान्तरण 

  •   २ वर्ष अघि | १३ असोज २०७८, बुधबार,    

काभ्रे ।काभ्रेपलान्चोक जिल्लामा भुकम्पले क्षति गरेका विद्यालयलाई  भारत सरकारको सहयोगमा  पुनःनिर्माण सम्पन्नपश्चात  हस्तान्तरण गरिएको छ ।
पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्रि  संघीय सांसद गोकुल बाँस्कोटा र भारतीय विदेश विभाग सहसचिव अनुराग श्रीवास्तवले संयुक्त रुपमा विद्यालय समुदायलाई हस्तान्तरण गरेका हुन् ।  
सो कार्यक्रममा काभ्रे निर्वाचन क्षेत्र नं १ का संघीय सांसद गंगाबहादुर दोङ, बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिं वादेको उपस्थितीमा समुदायलाई हस्तान्तरण गरिएको हो ।
भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको बनेपा नगरपालिकाको आजाद माध्यमिक विद्यालय, पनौती नगरपालिकाको शारदा माध्यमिक विद्यालय, चौंरीदेउराली गाउँपालिकाको खाँडादेवि माध्यमिक विद्यालय, पाँचखाल नगरपालिकाको दुग्धेश्वर माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न गरेर विद्यालय व्यवस्थापन समितीमार्फत समुदायलाई हस्तान्तरण गरिएको हो ।

थप