टुहुराहरुको अभिभावक बनेपा नगरपालिका

  •   ३ वर्ष अघि | ९ फाल्गुन २०७७, आइतवार,    

काभ्रे, बनेपा नगरपालिकाले विभिन्न कारणबाट बुबाआमा दुबै गुमाएका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यको जिम्मेवारी बनेपा नगरपालिकाले लिने घोषणा गरेको छ । अभिभावक विहिन बालबालिका संरक्षण कार्यक्रम मार्फत बनेपा नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका १२ जना बालबालिकाहरुलाई मासिक नगद सहित शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने निर्णय गरेको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो ।

नगरपालिकाले १८ बर्ष मुनिका अभिभावक विहिन बालबालिकाहरुलाई मासिक ३ हजार, स्वास्थ्य र उच्च शिक्षासम्म सरक्षण गर्ने नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले बताउनु भयो । स्थानीय सरकार  नगरबासीहरुको अभिभाबक समेत भएकाले वाबुआमा गुमाएका वा बेपता भएका १८ वर्ष मुनिका बालबालिकालाई संरक्षण गर्न लागिएको नगर प्रमुख बादेले बताउनु भयो ।

बनेपा नगरपालिकाले विशेष योजना मार्फत वागमति प्रदेश सरकारले दिने रकममा थप गरी बालबालिकाहरुले अभिभावकत्व नभएको महशुस नगरुन भन्ने उदेश्यले अभिभावकत्व ग्रहण गरी संरक्षण गरेको नगर प्रमुख बादेले बताउनु भयो । स्थानीय सरकारले सबै बालबालिका, जेष्ठ सदस्य, यूवा, दलित उत्पीडीत, किसान लगायतका क्षेत्रमा अशक्त अथार्त आर्थिक अवस्था कमजोर रहेको अवस्थामा सहयोग पुर्‍याउने बताउनु भयो ।

कार्यक्रममा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले सबै बालबालिकाहरुलाई आत्मबल र आत्मविश्वास बढाई उच्च शिक्षामा लाग्न आग्रह गर्नु भयो । नगरपालिकाले भौतिक विकास मात्र नभई ब्यक्तिको ब्यक्तित्व अथार्त सक्षम नागरिक तयार गर्न अन्य क्षेत्रको विकासमा ध्यान दिने कार्यक्रमहरु तय गरेको उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो ।

कार्यक्रममा वागमति प्रदेश निती तथा योजना आयोगका सदस्य यमुना कँडेलले वागमती प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा, सडक लगायतका योजना बनाएर अगाडी बढेको वताउनु भयो । बामगती प्रदेश सरकारले अभिभावक विहिन बालबालिकाहरुलाई मासिक २ हजार उपलब्ध गराउने निर्णय गरेको छ भने सोहि रकममा १ हजार रुपैया नगरपालिकाले थप गरेको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले बताउनु भयो ।                          उक्त कार्यक्रममा बोल्दै बनेपा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहालले भन्नुभयो । टुहुराहरुको संरक्षण नगरपालिकाले गर्ने पाउँदा हामी नगर परिवार खुसि छौ यस्ता कार्यक्रम अझ व्यवस्थित ढङ्गले गर्दै जाने बताउनुभयो ।

थप