दशैका लागि सरकारी शिक्षकले नपढाइ ४ महिनाको तलब थाप्दै, निजी बिद्यालयका लाई चुलो बाल्नै मुस्किल

  •   ४ वर्ष अघि | २२ असोज २०७७, बिहिबार,    

काठमाडौ । हिन्दुहरुको मुख्य चाड बडादसैँ नजिकिनै लाग्दा सरकारी विद्यालयमा कार्यरत शिक्षक दसैँ पेस्कीसहित चार महिनाको तलब एकै पटक थाप्दैछन्। कोरोना महामारीले गर्दा चैत देखि पढाइ नभए पनि सरकारी विद्यालयमा कार्यरत शिक्षकले नियमित तलब थापिरहँदा निजी विद्यालयमा कार्यरत शिक्षकको भने चुलो बल्नै छोड्ने अवस्था सृजना भएको छ।तलब नपाउदा दसैँ खर्च त के शिक्षकको दैनिकी नै बेखर्ची बनेको छ।

 शिक्षकलाई तलब दिनेबारे सरकार र विद्यालय सञ्चालकहरु उदासिन देखिदै आएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले ३१ बुँदे विद्यालय शिक्षा सम्बन्धि आकस्मिक कार्ययोजना त ल्याए तर, शिक्षकको तलबको केही कुरा आएन।

थप