आर्थिक अपराध र ATM सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यलय काभ्रेमा सम्पन्न

  •   २ वर्ष अघि | १६ साउन २०७९, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । जिल्ला प्रहरी कार्यलय काभ्रेमा आर्थिक अपराध र ATM सुरक्षा समन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रशिक्षण हलमा अन्तरक्रिया सम्पन्न भएको हो।

कार्यक्रम प्रहरी प्रमुख चक्रराज जोशी प्रमुख आतिथ्यमा भएको थियो ।

 काभ्रेपलाञ्चोक जिल्लामा रहेका बिभिन्न बैंक तथा वित्तीय संस्थाका  शाखा प्रबन्धक तथा प्रतिनिधीहरुको उपस्थितमा बैंक तथा वित्तीय संस्थाहरुको बैंकिङ् सुरक्षा, आर्थिक अपराध र ATM सुरक्षा सम्बन्धी १ (एक) दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अपराध अनुसन्धानमा बैंक तथा वित्तीय संस्थाको भूमिकाको सम्बन्धमा प्रकाश पार्दै बैंक तथा वित्तीय संस्थाहरुको विधमान  सुरक्षा अवस्थाको समीक्षा प्रहरी प्रमुख चक्रराज जोशीले  गर्नु भएको थियो ।

 प्रहरी नायव उपरीक्षक हरी खतिवडाले नेपालमा भइरहने आर्थिक अपराधहरु, अपराधको न्युनिकरणमा बैंकिङ शिक्षाको महत्व र ATM Banking Security का सम्बन्धमा प्रस्तुतिकरण दिनु भएको थियो ।

थप