काभ्रे ,इलाका प्रहरी कार्यालय बनेपाका प्रहरीले लागुऔषध बिक्रीवितरण र डलर ठगीमा संलग्न रहेका व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको बनेपा स्थित इलाका प्रहरी कार्यालय बनेपाले आज पत्रकार सम्मेलन गरी दुवै घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । पनौती नगरपालिका वडा नं ६ बस्ने बलराम फुयाँलको घरमा कोठा लिइ बस्ने सुभद्रा तिमिल्सिनाले बिक्रीवितरणका लागि लुकीछुपी राखेको अवस्थामा लागुऔषध साढे नौ थानको २७९ ट्याप्लेट बरामद गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।
तिमिल्सिनाले दराजभित्र कपडामा लुकाएर राखेको लागुऔषध फेला पारेकाले औषधिसहित तिमिल्सिनालाई पक्राउ गरेको हो ।