काभ्रे (धुलिखेलं) – काभ्रे च्यासिङ्गखर्कका एन्जल तामाङको हत्या गरी फरार रहेका प्रतिवादीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । तामाङको हत्या गरी फरार रहेका काभ्रे बेथानचो गाउँपालिका वडा नं ४ का २५ वर्षीय फौदे भनिने पोते तामाङलाई माघ ४ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २०६९ कात्तिक ८ गते चलालगणेशस्थान गा.वि.स वडा नं २ स्थित रुी गणेश नि.मा.विको सांस्कृतिक कार्यक्रममा च्यासिङ्गखर्क गा.वि.स वडा नं ९ र चलालगणेशस्थान गा.वि.स वडा नं ३का मानिसहरुबिच भएको झडपमा च्यासिङ्गखर्क गा.वि.स वडा नं ९ का १८ वर्षीय एन्जल तामाङलाई फौदे भनिने पोते तामाङले छुरा प्रहार गरी हत्या गरेका थिए ।
हत्या गरिएको अभियोगमा ईलाका प्रहरी कार्यालय बनेपबाट मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान पश्चात पोतेलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७४ असार १४ गते २० वर्ष कैदको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसा अदालतको फैसलापश्चात फरार रहेका पोतेलाई खोजतलास गरी माघ ४ गते पक्राउ गरिएको हो । पक्राउ परेका पोतेलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको प्रहरीले जनाएको छ ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
च्यासिङ्गखर्कका एन्जलको हत्या गरी फरार रहेका पोते ९ वर्षपछि पक्राउ
- ५ वर्ष अघि | ५ माघ २०७८, बुधबार,