मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरी फन्दामा 

  •   ३ वर्ष अघि | १२ असोज २०७८, मङ्लबार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्ला कारागारमा रहेका एक प्रतिवादी उपर लागेको कसूरमा मुद्दा मिलाइदिन्छु भन्दै पटक पटक ठगी गर्ने काभ्रेका एक पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार पनौती नगरपालिका वडा नं ५ स्थित ढलमलेका रमेश गिरीले प्रतिवादीलाई छुटाउन पीडित, प्रहरी, वकिल र फैसला गर्ने निकाय सम्म मिलाउनु पर्छ भनि झुट्टा आश्वासन देखाई झुक्यानमा पारी ललाई फकाई थुनामा रहेका प्रतिवादीको आफन्तबाट ठगी गर्दै आएका थिए ।
प्रतिवादीका आफन्तलाई झुटो आश्वासन दिलाउँदै गिरीले भदौ १६ गतेदेखि हालसम्म १ लाख २० हजार रुपैँया असुलेको उजुरी प्राप्त भएपछि अनुसन्धानको क्रममा उनलाई असोज १० गते धुलिखेलबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।
उनका अनुसार गिरी उपर “मुलुकी अपराध संहिता, २०७४“ को दफा २५३ आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूरमा कार्वाही हुनेछ । काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

थप