प्रतिबन्धित लागू औषध सहित काभ्रेबाट ३ जना पक्राउ

  •   ३ वर्ष अघि | २० भदौ २०७८, आइतवार,    

काभ्रे ।  काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. ९ मंगलटार स्थित बि.पि. राजमार्गमा प्रहरीले सवारी चेकजाँचको क्रममा झापाबाट काठ्माण्डौ तर्फ आउदै गरेको बा.४.ख ६६७६ नं. को हायस गाडीमा यात्रा गर्ने यात्रु रोहित कुमार यादवले बोकेको झोलाबाट  प्रतिबन्धित  लागू औषध एम्पुल फेला परेको थियोे ।
 सोधपुछको क्रममा निजसंगै सवार रुपेश कुमार यादव र  बिशाल श्रेष्ठ लाई  बिक्री गर्न ल्याएको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आए  पश्चात विशाल श्रेष्ठ लाई काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा. वडा नं. ०७ मा फेला पारेको थियो ।
 सबै प्रतिवादीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गर्न आजै काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

थप