बैकिङ्ग कसूर मुद्दामा फरार रहेका व्यक्ति नमोबुद्धबाट पक्राउ

  •   ३ वर्ष अघि | १० साउन २०७८, आइतवार,    

काभ्रे, जिल्ला अदालतबाट प्राप्त लागतहरुको आधारमा बैकिङ्ग कसूर गरि फरार रहेका प्रतिवादीलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ।
फरार रहेका प्रतिवादीहरुको खोजतलास गर्दै जाने क्रममा काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ०४ बस्ने बिनय मैनाली पक्राउ परेका हुन।
भएको बैकिङ्ग कसूर मुद्दामा  उच्च अदालत पाटनले १७ दिन कैद  र ७६,०००००/- (छयाहत्तर लाख) जरिवाना र रु. ३,१५,०००।- (तिन लाख पन्ध्र हजार) क्षतिपुर्ति भराउने ठहर भई फैसला गरेको थियो ।
 फैसला लगत्तै फरार रहेका प्रतिवादीको खोजतलासको क्रममा काभ्रे प्रहरीको टोलीले लुकीछिकी बसी रहेको अवस्थामा फेला पारी तत्काल पक्राउ गरि ।
 काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरेको छ।
  अदालतको आदेशले निज प्रतिवादी वर्ष ३५ को बिनय मैनालीलाई कैद जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको छ ।

थप