लहान प्रहरी चौकिको जेलबाट ग्रिल तोडेर एक थुनुवा फरार

  •   ३ वर्ष अघि | २६ असार २०७८, शनिबार,    

सिरहा : ईलाका प्रहरी कार्यालय लहानबाट एक थुनुवा फरार भएका छन्। थुनुवा कक्षको झ्यालको ग्रील तोडेर गएराती २ बजेतिर पशुपति यादव फरार भएको प्रहरीले जनाएको छ। 

नवराजपुर गाउँपालिका- १ का यादव गत जेष्ठ २० लागुऔषध मुद्दामा पक्राउ परेको थियो। 

फरार यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुवास बुढाथोकीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले जानकारी गराए।

थप