बनेपामा श्रीमती र छोरा मार्नुको कारण खुल्यो

  •   ३ वर्ष अघि | १७ असार २०७८, बिहिबार,    

काभ्रे, जिल्लाको बनेपामा आफ्नो श्रीमती र छोरालाई सिरानीले मुख छापेर आफूले हत्या गरेको श्रीमान्ले प्रहरी समक्ष साविती बयान दिएका छन् 

अरु महिलासँगको अनैतिक सम्बन्ध घरघडेरी जोड्न नसकेको र व्यापार घाटा भएको भन्दै श्रीमतीले अनावश्यक कुरा सोधेकाले आफूले श्रीमती र छोराको हत्या गरेको प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

असार ३ गते आफ्नै श्रीमती बर्ष ३० की मनिषा कार्की(घिमिरे)छोरा बर्ष ६ को युआन घिमिरेलाई कर्तव्य गरी हत्या गर्ने श्रीमान पाचँखाल न.पा वडा नं ६ बस्ने स्थायी घर भई हाल बनेपा डेरा गरी बस्ने वर्ष ३२ को माधब उपाध्याय घिमिरेलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा सो कुरा बाहिर आएको हो । 
प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमतीले निज प्रतिवादी माधब उपाध्याय घिमिरेको अन्य महिलासंगको अनैतिक सम्बन्ध रहेको कुरा थाहा पाए पश्चात मलाई किन धोका दिएको म घरमा श्रीमती हुँदा हुँदै यस्तो क्रियाकलाप नगर्न बारम्बार अनुरोध गरी सचेत गराएको र व्यापार व्यबसायमा ध्यान नदिएको जग्गा जमिन, घर बनाउन नसकेको कारण, छोराको र परिवारकोभबिष्यको बारेमा कुनै ध्यान नदिएको भनि श्रीमतीले आर्थिक कारोबारमा बिवाद गरेकाल ेआफुले योजना बनाई हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

हत्या गर्न निज प्रतिवादीले श्रीमती र छोरा निदाएको अवस्थामा सिरानीले मुख थुनी बलपूर्वक हत्या गरे पश्चात छोरालाई सोही तरीकाबाट हत्या गरी एउटै खाटमा सुताई ब्याङकेटले छोपी कोठाको ताल्चा बाहिरबाट लगाई एक दिन सम्म घटना लुकाई राखेको र घट्नालाई लुकाउन अनेकौ योजना बनाएको खुलेको हो ।

प्रतिवादीको असामान्य गतिविधि देखि छिमेकीले प्रहरीलाई खवर गरे पश्चात भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय बानेपाको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
प्रतिवादी अबैध आर्थिक कारोबारमा समेत संलग्न रहेको भन्ने बुझिएकाले निजले प्रयोग गरेको विद्युतीयउपकरण हरुको प्रविधिक अध्यान भईरहेको प्रहरीले जनाएको छ ।
मृतकको माईती देश भारत आसाममा रहेको, ७ बर्ष अघि बिवाह भाई हालको मृतक छोरा युआन घिमिरेको जन्म भए पश्चात काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा. वडा नं ८ स्थित तिनदोबाटोमा अल.इन.वान फेन्सी पसल खोली व्यापार व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ ।

थप