नेकपा ओलि पक्ष बसेको घरमा प्रचण्ड-माधव पक्षको आक्रमण

  •   ३ वर्ष अघि | ९ फाल्गुन २०७७, आइतवार,    

काभ्रे,जिल्ला चौरी देउराली गाउँपालिका मा संघठन विस्तार गर्न पुगेको नेकपा ओली पक्षका नेताहरु बासबसेको घर र नेताहरु गएको गाडी तोडफाड भएको छ ।

ओली पक्षीय वडा समिति गठन गर्ने कार्यक्रमको लागि चौरीदेउराली ५ मा पुगेका ओली पक्ष नेताहरु तिलक सरको घरमा बास बसेको अवस्थामा २०–२५ वटा मोटरसाईकलमा आएका व्यक्तीहरुले घरमा ढुंगा हानेको तथा नेताहरु गएको गाडी तोडफाड गरेको जनाएको छ ।

 कार्यक्रमको लागि लेखराज गौतम, रीता ढकाल, चुडामणी गौतम लगायतको टोली चौरीदेउराली पुगेको छ ।
नेकपा ओली समूहका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले आफ्ना नेताहरु वसेको घर र त्यहाँ लगिएको गाडी तोडफोड गरेको जानकारी दिए । ‘संगठन विस्तारको क्रममा पुग्नुभएको नेताहरुमाथी आक्रमण प्रयास सँगै उहाँहरु जानुभएको गाडी र बास बसेको घर तोडफोड गरेको जानकारी आएको छ ।
 विरोध गर्न पाईन्छ तर विरोधका नाममा आक्रमण भएको छ, यसको म निन्दा गर्छु ।’–बाँस्कोटाले भने । बाँस्कोटाले आक्रमण बारे आफ्नो सामाजिक सञ्जालमै विरोध जनाएका छन् ।
इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रमुख पवन झाले गाडी तोडफोड भएको जानकारी दिए । उनले भने ‘गाडीमा केहि क्षति भएको छ, थप अनुुसन्धानका लागि खटिएका छौ ।’

थप