काभ्रे, जिल्लाको बनेपा नगरपालिकाको वडा नं ११ जाने सडकको छेउमा एक पुरुषको शव फेला परेको छ । नागीडाडाँ र वडा कार्यालय जाने सडकको छेउमा कसैले हत्या गरेर फालेको अवस्थामा पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
तिमिल्सिनाका अनुसार ३५–४०बर्षका पुरुषको शव भेटिएको र त्यसको पहिचान हुन सकेको छैन । ती पुरुषको शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको तिमिल्सिनाको भनाई छ ।